Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोराेनाका कारण बन्द गरिएको चीनको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २५ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । चीनले कोभिड-१९ को संक्रमण सुरू भएपछि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आज सोमबारदेखि खुला गरेको छ ।

चीनले सन् २०२० को मार्चबाट बन्द गरकाे सीमा ३३ महिनापछि खुला गरेकाे हो । अब चिनियाँहरू विदेश भ्रमणमा जान र विदेशीहरू चीन भ्रमणमा जान पाउने भएका छन् । चीन जाने विदेशीहरूले क्वारिन्टिन बस्नुपर्ने छैन । तर, उनीहरूले ४८ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भने प्रस्तुत गर्नुपर्ने छ । सीमा बन्द हुँदा विदेशमा फसेका लाखौं चिनियाँहरू समेत घर फर्कन पाएका थिएनन् ।

हङकङकबाट मात्रै ४ लाख बढी चिनियाँहरू तत्कालै मुख्य भूमि फर्कने तयारीमा रहेका छन् । हङकङ, मकाउ, क्वाङतोङ प्रान्तबाट डबल डेकर बसहरू यात्रु ओसार्न तयारी अवस्थामा छन् । ३ वर्षसम्म परिवार भेट्न नपाएकाहरू घर फर्कन हतारमा रहेको पाइएको छ । आगामी साता लाखौं मानिसहरू मुख्य भूमि चीन पुग्ने अनुमान गरिएको छ । चिनियाँ नयाँ वर्ष छुनयुनको अवसर पारेर चीनले अन्तर्राष्ट्रिय सीमा खुला गरेको हो ।

यो वर्षको नयाँ वर्षमा चीनमा २ अर्ब मानिसले यात्रा गर्ने अनुमान गरिएको छ । गत वर्षको भन्दा यो दोब्बर संख्या हो । शून्य कोभिड नीति लिएको चीनमा जनस्तरमा आक्रोश बढेर प्रदर्शन हुन थालेपछि सरकार कोभिड नीतिमा पुनर्विचार गर्न बाध्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४