Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदल बैठक सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २२ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारीमा जुटेको कार्यदलको बैठक सुरु भएको छ । अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।

आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेटिने एक नेताले बताए ।

कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिंदैछन् ।

यसअघि पहिलो चरणमा सत्ता साझेदार दलका नेताहरुले आ–आफ्नो तर्फबाट न्यूतम साझा कार्यक्रममा समेटिनुपर्ने विषय प्रस्तुत गरेका थिए । तिनै विषयवस्तुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४