Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २२ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स (सिपा) मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्ने भएकी छन् ।

द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरेका छन् ।

क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री थिइन् । उनले फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्नेछिन् ।

क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छिन् । उनले विश्वविद्यालयको अमेरिकी र विश्वका राजनीतिक नेतृत्वका नयाँ पुस्तालाई शिक्षित गर्दै विश्वका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने प्रतिबद्धता र प्रयासहरूमा योगदान गर्न आफू तयार रहेको बताइन् ।

न् २०२२ मा कोलम्बिया विश्वविद्यालयले क्लिन्टनलाई कानुन विषयमा मानार्थ विद्यावारिधी डिग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४