काठमाडौं । आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन गरेका छन् । बिहीबार मन्त्री लामिछाने बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुगेका हुन् ।
अनुगमनका क्रममा मन्त्री लामिछानेले जिल्ला प्रशासनको सेवालाई क्रमिक रूपमा सुधार गर्दै लैजाने बताएका छन् । बिहीबारबाटै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा “टाइम कार्ड” लागु गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जन प्रहारलाई बताउनु भएको हो ।