Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 10.5K
    SHARES

काठमाडौं । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भन्नुभयो– ‘पात्रो तयारीको क्रममा छ । निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं । समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ । कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी दिँदै भन्नुभयो–‘एक दुई दिनमा निर्णय गर्नेछौं, त्यसपछि छपाइका लागि स्वीकृत दिनेछौं ।

वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असोज २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ । त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताउनुभयो । अर्को पर्व तिहार कार्तिक २५ गतेबाट सुरू हुनेछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ ।

समितिले तयार गरेको पात्रो अर्को साता गृह मन्त्रालयमा पठाइने छ । गृहले सार्वजनिक बिदाको निर्णय तयार गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि विगतभन्दा केही दिनअघि नै पात्रो तयार गर्न लागिएको हो ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४