Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 2.4K
    SHARES

पञ्चाङ्ग
वि.सं. पुस २१, २०७९ । ई.सं. ०५ जनवरी २०२३ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ पोहेलाथ्व । नल दक्षिणायन हेमन्त । नल दक्षिणायन हेमन्त । बिहीबार पौष शुक्लपक्ष । तिथि- चतुर्दशी, २५:४१ बजे उप्रान्त पूर्णिमा । नक्षत्र- मृगशिरा, २१:३५ बजे उप्रान्त आर्द्रा । योग- शुक्ल , ८:३२ बजे उप्रान्त ब्रह्म । करण- गर १२:५२ बजेदेखि वव, २५:४१ बजे उप्रान्त वालव । चन्द्रराशि वृष । आनन्दादि योग मृत्यु । दिनमान २५।५९ । सूर्योदय ६:५७ । सूर्यास्त १७:२१ । भ.१:४१ उ. गुरु गोविन्द सिंह जयन्ती जैमनथैपी नारायणमेला सिन्धुपाल्चोक ।

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। व्यापार बढ्नाले लाभ हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ। सहयोगीहरूको साथले नयाँ काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग रमाइलाे भेटघाट हुनेछ। आकर्षक उपहार समेत प्राप्त हुन सक्छ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसरका लागि केही दौडधुप र लगनाी गर्नुपर्ला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। तापनि, कर्जामार्फत धन जुटाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। तत्काल केही खर्च लागे पनि दिगाे आम्दानी हुने काम फेला पार्न सकिनेछ। परोपकारी काम सम्पादन हुनेछ। यात्राकाे साइत पनि जुर्ने सम्भावना छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ अवसर पाइनेछ र प्रतीक्षा गरिएको काम बन्नेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। राेकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा अनायासै व्यवधान देखा पर्न सक्छ। स्वास्थ्य कमजाेर रहनेछ भने अर्थअभावले पनि सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ अवसर प्राप्त भए पनि गलत व्यक्तिको विश्वास गर्दा धाेका हुन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चापबाट फुर्सद पाइनेछ। सुरुमा खर्च लागे पनि व्यवसायले आम्दानी दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। अरूलाई दिन ठिक पारेकाे धनमाल आफैंलाई आवश्यक पर्न सक्छ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम गर्ने समय छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४