Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि बन्यो अन्तर्राष्ट्रिय विमानस्थल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । जग्गा अधिग्रहण गरिएको ४७ वर्षपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै विमानस्थल व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । २००७ सालको क्रान्तिलगत्तै २००८ सालदेखि पोखरासँग हवाई यातायातको साइनो जोडिएको हो । घाँसे मैदानमा चरिरहेका गाई धपाएर जहाज अवतरणबाट सुरु इतिहास ७१ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अनुवाद भएको हो ।

पाँच दशकअघि प्यासिफिक एशोसिएशन अफ ट्राभल एजेन्सीले थाइल्यान्डको पटाया र पोखराको पर्यटन विकासका लागि विमानस्थल निर्माणको गुरुयोजना तयार पारेको थियो । २०३२ सालको अन्त्यतिर विमानस्थल निर्माणका लागि तात्कालीन छिनेडाँडा गाउँ विकास समितिको डडुवाखर्क, मझेरीपाटन, छिनेडाँडा र हालको पोखरा महानगरपालिका–१४ को जग्गा अधिग्रहण थालिएको थियो ।

जग्गा अधिग्रहणको ४७ वर्षपछि नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको हो । २००८ सालमा पोखराको खुला चौरमा पूर्वाधार विना नै डकोटा जहाज अवतरण भयो । जहाजमा पाइलटसँगै तत्कालीन यातायातमन्त्री गणेशमान सिंह ओर्लिनुभएको थियो । त्यतिबेला हिमालय एभिएशन नामको भारतीय कम्पनीले डकोटा विमानबाट हवाई सेवा प्रदान गरेको थियो ।

१६ रुपियाँमा टिकट काटेर जहाजमा आवतजावत गर्ने अझै जीवितै छन् । त्यसबेला पोखराबाट काठमाडौं, भैरहवा, नेपालगञ्ज दर्जनौं क्षेत्रीय उडान हुने गरेको सम्झनेहरु उत्तिक्कै छन् । विमानस्थल उद्घाटनका लागि दुई दिनअघि स्याङजाबाट पोखरा झरेका ८२ वर्षिय ज्येष्ट नागरिक आफ्नै आँखाले अभूतपूर्व विकास देखेर दंग भएका बताउछन् । यसले यसक्षेत्रकै विकासमा कायापलट हुने विश्वास राख्छन् ।

स्थानीय मात्र हैन, विमानस्थल सञ्चालन भएकै दिन विमानमा यात्रा गर्न पाउँदा खुसी साटासाट गर्नेको कमी थिएन । क्षेत्रीय विमानस्थलको निर्माणसँगै सिंगो मुलुकले पर्यटन क्षेत्रमा उपलब्धी हासिल हुने विश्वास छ । विमानस्थलले पोखरामात्र होइन नेपालकै लागि सम्वृद्धि ल्याउनेमा पोखराबासी विश्वासमा छन् ।

क्षेत्रीय विमानस्थल सुरु भएसँगै उनीहरुमा देखिएको खुसी निरन्तरताका लागि पर्यटकको आवागमन नै पहिलो र अन्तिम विकल्प हो । उनीहरुका लागि सहज, सस्तो र सुरक्षित सेवा अपेक्षित छ ।

खर्च गर्न सामथ्र्य राख्ने पर्यटकलाई जति अड्याउन सकिन्छ, व्यवसाय उति फस्टाउँछ । अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य त्यतिबेला पुष्टि हुन्छ, जतिबेला लाखौं पर्यटकको भीड ओइरिन्छ । नत्र विमानस्थल बन्ने तर चरोमुसो नदेखिने भैरहवा विमानस्थलको रोग यता नसर्ला भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४