Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हवाई इन्धनको मूल्यमा आयल निगमको कालोबजारी !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार एक कार्यक्रममा नेपाल आयल निगमले हवाई इन्धनमा ठूलो नाफा लिएको आरोप लगाएका छन् ।

हवाई इन्धनमा लिटरमै ९० रुपैयाँ नाफा लिँदा दुर्गमको हवाई भाडा बढेर सर्वसाधारण मारमा परेको उनको भनाइ छ ।

‘हुम्ला, जुम्लामा यात्रा गर्ने यात्रीहरुले हवाई भाडाकै लागि एक रोपनी जग्गा बिक्री गर्नुपर्ने अवस्था छ’, एभिएसन मिट कार्यक्रममा अधिकारीले भने, ‘घर आउन जान ३० हजार रुपैयाँ खर्च हुन्छ । विचरा कर्णालीका जनताहरु भारत पसेर हुन्छ कि यार्सागुम्बा बेचेर हुन्छ जहाजको भाडा तिर्न बाध्य छन् ।

हुम्ला, जुम्ला, कालीकोट जान जनतालाई निकै महँगो परेको भन्दै अधिकारील आयल निगमले हवाइ इन्धनको मूल्य तत्कालै घटाउनुपर्ने धारणा राखे ।

  • एक लिटरमै ५२ देखि १०३ रुपैयाँसम्म नाफा

नेपाल आयल निगमले गत १ पुसदेखि आन्तरिकतर्फको हवाई इन्धनको बिक्री मूल्य प्रतिलिटर १९० रुपैयाँ लिँदै आएको छ । अन्तर्राष्ट्रियतर्फको मूल्य प्रतिलिटर २१७ रुपैयाँ ३२ पैसा अर्थात् १.६४५ डलर कायम गरेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनमा निगमलाई ५२ रुपैयाँ ३४ पैसा र अन्तर्राष्ट्रियतर्फ १०३ रुपैयाँ ७८ पैसा नाफा छ । अथात हवाई इन्धन बेच्दा निगमले १५ दिनमा एक अर्ब ५० करोड भन्दा बढी नाफा कमाइरहेको छ ।

  • हवाई यात्रुमाथि अत्याचार

एयरलाइन अपरेटर्स एशोसिएशन अफ नेपाल (आयोन) ले आयल निगमले हवाई यात्रुमाथि अत्याचार गरेको आरोप लगाएको छ । महासचिव मनोज कार्कीका अनुसार आन्तरिक हवाई उडानको टिकट मूल्यको ३३ देखि ४० प्रतिशत लागत इन्धनको मूल्यका आधारमा तय हुन्छ । कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कुनै पनि वस्तुमा २० प्रतिशत भन्दा बढी नाफा राख्न निषेध छ । कार्की आयल निगमले नै हवाई इन्धनमा २० प्रतिशत भन्दा बढी मुनाफा लिएर कालोबजारी गरिरहेको आरोप लगाउँछन् ।

हवाई यात्रा सौखिन र उच्च वर्गको मात्रै हो भन्ने बुझाइ गलत भएको भन्दै आयोनले उच्च मिहाली र दुर्गम पहाडी जनताले निगमको मूल्य प्रणालीकै कारण आवतजावत गर्न नसक्ने स्थिति आएको बताए ।

आयल निगमले १० रुपैयाँ मात्रै इन्धन भाडा घटाउँदा हुम्लाको सिमकोटसम्मको हवाइ टिकट ४०० रुपैयाँसम्म सस्तो हुने एयरलाइन अपरेटर्स एशोसिएशनले जनाएको छ ।

‘निगमलाई औक्ष्सतमा कुल मिलाएर ७६ रुपैयाँ प्रतिलिटर नाफा छ’, महासचिव कार्कीले भने ‘मूल्य घटाउँदा यात्रुलाई कति राहत हुन्छ अब त्यसबारे सोच्नुपर्छ ।’ निजी कम्पनीले २० प्रतिशत नाफा लिँदा डण्डा चलाउने सरकार आयल निगमले लिँदा पनि चुप बसेको कार्की बताउँछन् ।

  • हवाई इन्धनको नाफा डिजल र ग्याँसमा : निगम

आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययले निगमले समग्रमा ठुलो नोक्सानी व्यहोरिरहेको बताउँछन् । बिलासी हवाई इन्धनको नाफाबाट डिजेल र ग्यासको घाटा पूर्ति गरिरहेको उनको दावी छ ।

‘हामीले यसअघि हवाई इन्धनको नाफाबाट ग्यासमा सहुलियत दिइरहेका थियौं, कुनै बेला डिजेलमा पनि थियो’, प्रवक्ता उपाध्ययले भने, ‘उड्नेबाट कमाएको नाफाबाट गुड्नेलाई सहुलियत दिइएको हो । तत्काल मूल्य घटाउनेबारे छलफल नभएको प्रवक्ता उपाध्यायले बताएका छन् ।

  • व्यवस्थापकीय कमजोरी

निगमका निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भने घाटा व्यवस्थापनको मोडालिटी बनाउन नजान्दा हवाई यात्रु मारमा परिरहेको बताउँछन् ।

‘कुल घाटा कति हो, घाटा कति वर्षमा कुन कुन प्रडक्टमा कसरी रिकभर गर्ने हो भन्ने व्यवस्थापनको हिसाब बनाउन निगम चुक्यो’ पौडेलले भने ‘एक वर्षको घाटा ६ महिनामै उठाउँछु भन्ने हिसाबको नियम संसारमा प्रयोगमा छैन । यस्तो कतै पनि हुन्न र यो निगमको व्यवस्थापकीय कमजोरी हो ।’

निगमले बिक्री गर्ने वस्तु, त्यसको बजार हिस्सा र कुल नोक्सानीलाई हिसाब गरेर घाटा पूर्तिको योजना बनाए उपभोक्ता धेरै मारमा नपर्ने उनको सुझाव छ । हवाई इन्धनमा धेरै नाफा राख्नु भन्दा डिजेल, पेट्रोल, मट्टितेल लगायतका सबै प्रडक्टमा थोरै थोरै घाटाको रकम भाग लगाए निगमलाई पनि सजिलो हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४