Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दूधको मूल्यवृद्धि फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ ।

कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बताए ।

केही डेरी र दूध उद्योगहरुले .यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेका थिए । त्यसको चौतर्फी विरोध भएको थियो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मूल्यवृद्धि विरुद्ध प्रधानमन्त्रीसमेत उजुरी गरेका थिए । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत चासो राखेका थिए ।

कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले सचिव डा. शर्मालाई दूधको बढेको मूल्य स्थगित गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४