Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्छाै”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १६ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीमा भएका कमीकमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार शुमकामना सन्देश जारी गर्दै महामन्त्रीद्वय थापा र शर्माले गत मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताएका हुन् । साथै विकसित राजनीतिक परिस्थितिको लागि पार्टीमा भएका कमीकमजोरी माथि पारदर्शी छलफल गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माकाे जाेड छ ।

प्रतिनिधि सभा निर्वाचनको परिणामबाट सबै भन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश तथा उदासिनता छाएको र त्यो अस्वभाविक नभएको जिकीर गर्दै थापा र शर्माले यतिबेला आफूहरू माझ दुई वटा दायित्व रहेको बताएका छन् ।

पहिलो आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम, त्यसबाट उत्पन्न परिस्थितिको इमान्दार समीक्षा गर्ने, दोस्रो यसबीचमा हाम्रो असावधानी, कमजोरी, गल्ती जे भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी खुला, पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने गरी दुई वटा अहम् दायित्व रहेको थापा र शर्माकाे तर्क छ । कांग्रेसले गम्भीर आत्म समीक्षा र आत्म मूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने दुवै जनाकाे भनाइ रहेकाे छ।

त्यस्तै, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा यो पटकपछि परेको थापा र शर्माकाे दावी छ । महामन्त्रीद्वय थापा र शर्माले अब सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४