Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त : आईजीपी बन्ने सपना बोकेकी करिष्मा सर्वोत्कृष्ट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १६ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । अछाम घर भएकी नर्स करिष्मा कुँवरलाई नेपाल प्रहरीभित्र नर्सिङ्ग पेसा पनि हुन्छ भन्ने कुरा थाहा थिएन । उनी आफ्नो दिदीको प्रेरणाले नेपाल प्रहरीमा खुलेको नर्सिङ्ग कोटामा नाम निकाल्न सफल भइन् । प्रहरी नायब निरीक्षक पदमा नाम निकालेकी करिष्मा भरतपुरको नेपाल प्रहरी शिक्षालयमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिममा सर्वोत्कृष्ट बन्न सफल भइन् ।

९५ दिनसम्म चलेको तालिममा सहभागी भएका १३१ जनामध्ये उनी सर्वोत्कृष्ट बनेर दीक्षित भई कार्यक्षेत्रमा खटिएकी छिन् ।

प्रमाणपत्र तह नर्सिङ्ग गरेर बीएन पढ्ने तयारी गर्दागर्दै नेपाल प्रहरीमा सेवा सुरु गरेकी करिष्माको सपना आफ्नो योग्यता बढाउँदै नेपाल प्रहरीको उच्च तहको नेतृत्वमा पुग्ने छ । उनी भन्छिन्, ‘मेरो सपना प्रहरी महानिरीक्षक बन्नेछ । तालिममा रहँदा प्रहरी संगठन भित्रको अनुशासन, देशप्रतिको जिम्मेवारी र वफादारिता, मानवीयता के हो भन्ने कुरा बुझ्न पाएको उनी बताउँछिन् ।

उत्कृष्ट प्रहरी बनेर कार्यक्षेत्रमा खटिँदै गर्दा आउने चुनौतीको सामना कसरी गर्ने भन्ने दक्षता तालिमबाट मिलेको उनको भनाइ छ । प्रहरीको तालिमबाट मानसिक, शारिरिक र अन्य ज्ञानका कुरा सिक्न सिकेको बताउँदै करिष्मा भन्छिन्, ‘म एकदिन पनि एप्सेन्ट भइन्, बिरामी पनि परिन्, हरेक अतिरिक्त क्रियाकलापदेखि सबै तालिममा उत्तिकै रुचि र चासो राखेर काम गरे, सोही भएर उत्कृष्ट बने ।

गत साउन १८ गतेदेखि चलेको प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१औं समूहको दीक्षान्त समारोहमा प्राविधिक समूहका महिला ४८ र पुरुष ८३ जना गरी कुल १३१ जनालाई नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले दीक्षित गरे ।

जुनियर प्राविधिक प्रहरी अधिकृतहरुको तालिममा इन्जिनियरिङ्ग समूहका प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरेर ७० जना, विधि विज्ञानका प्रहरी नायव निरीक्षक १६ जना, स्वास्थ्यका ३४ जना र केनाइनका प्रहरी सहायक निरीक्षक एक जना गरेर १३१ जना तालिम पछि दीक्षित भएका छन् ।

इन्जिनियरिङ्गमा सञ्चार, सूचना प्रविधि र कम्प्युटर, इलेक्ट्रिकल ओभरसियर र सिभिल ओभरसियर पदमा प्रहरी नायव निरीक्षक र सहायक निरीक्षकहरूलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको शिक्षालयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

उनका अनुसार तालिममा प्रहरी सहायक निरिक्षक गोपाल रम्तेल र प्रहरी नायब निरीक्षक सतिस थारु सर्वद्धितीय भए भने, प्रहरी नायव निरीक्षक अनुपा कुमारी तिवारी सर्वतृतीय, अध्ययन प्रथम प्रहरी नायव निरीक्षक सुनिता कटवाल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक विकासप्रसाद यादव, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रहरी नायव निरीक्षक मनोजकुमार राई, शारिरीक ब्यायाम प्रथम प्रहरी सहायक निरीक्षक दीपेन्द्र कटवाल र चाँदमारी प्रथम प्रहरी नायव निरीक्षक पवन ढकाल भए ।

उनीहरुलाई दीक्षान्त समारोहमा शिक्षालयका निर्देशक सन्दीप भण्डारीले सम्मान गरेका थिए । ४५० पूर्णाङ्क रहेको तालिममा ७० प्रतिशतभन्दा माथि ल्याउने १२२ जना र ख श्रेणी ल्याउने ९ जना रहेका थिए । सहभागीहरुले आन्तरिक प्रशिक्षणमा प्रहरी ऐन,नियम तथा सुरक्षा निकायसम्बन्धी परिचय, प्रहरी सेवा कार्यक्षेत्र सम्बन्धी विषयवस्तु, मानवस्रोत तथा कार्यालय व्यवस्थापन, मूल्य शिक्षा तथा आध्यामिक शिक्षा दिइएको प्रहरी नायव उपरीक्षक एकनाराण कोइरालाले बताए ।

बाह्य प्रशिक्षणमा व्यबहारिक कवाज, शारीरिक तन्दुरुस्ती तथा आत्म रक्षा, योग, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, लामो तथा छोटो दूरीको हतियारबाट मस्केट्री, चाँदमारी अभ्यास तथा हाइकिङ्गसमेत गराइएको कोइरालाले बताए । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले पछिल्लो समयमा अपराधमा भित्रिएको प्रविधिले दिएको चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको भन्दैं त्यसमा प्राविधिक जनशक्तिको थप दक्षता आवश्यक भएको बताए ।

उनले जनताको शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिक सेवामा कति पनि विचलित नभएर जुट्न दीक्षितहरुलाई निर्देशन दिए । शिक्षालयमा ४११ प्राविधिक जवान र प्रहरी अधिकृत असई ४३१ जनाको तालिम अहिले चलिरहेको छ । प्राविधिक जुनियर प्रहरी अधिकृतहरुका लागि ९५ दिन र साधारण प्रहरी अधिकृत तथा जवानहरुका लागि २६५ दिनको तालिम अवधि रहने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४