Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रमा मन्त्री बन्न वरीयताको लफडा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले विष्णु प्रसाद पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने श्रेष्ठले आफू निकट नेताहरूसँग गुनासो गर्ने गरेका छन् । अर्थमन्त्री पौडेलभन्दा आफू वरियतामा अघि हुनुपर्ने श्रेष्ठको भनाई छ । यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएपछि माओवादी नेता वर्षमान पुन असन्तुष्ट छन् ।

उपप्रधानसहित गृहमन्त्री लिएर लामिछाने वरियतामा अघि भएपछि पुन चिढिएका हुन् । सरकारमा जाने सम्भावना भएपनि वरियताकै कारण पुनले मन्त्री नहुने निकटस्थहरुसँग बताउने गरेका छन् । यद्यपि पुनले सरकारमा जाने/नजाने विषयमा कुनै स्पष्ट खुलाएका छैनन् । यस्तै पार्टीका अर्का प्रभावशाली नेता जनार्दन शर्मा मन्त्री हुने चक्करमा छैनन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री भई भर्खरै विदा भएकाले उनले आफू पार्टीको संगठनमा लाग्ने बताउने गरेका छन् ।

यस्तै पार्टीका उपमहासचिव एवम् जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित शक्तिबहादुर बस्नेत मन्त्री हुने दौडधुपमा लागेका छन् । उनले वरियता जस्तोसुकै भएपनि स्वीकार्ने संकेत दिएका छन् । उपप्रधानसहित गृहमन्त्री भएका लामिछानेभन्दा वरियतामा तल बसेर भएपनि सरकारमा जान तयार भएका छन् । लामिछाने आफ्नो पार्टीको नेता नभएकाले सरकारमा जान वरियताले कुनै असर नपर्ने बस्नेतले बताएका छन् ।

आफूलाई वरियताकै कारण सरकारमा नजाने हल्ला चलाइएको भन्दै बस्नेतले असन्तुष्टि पोखे । बस्नेत वरियतामा लामिछाने भन्दा तल भएपनि सरकारमा जान तयार भएका छन् । उनी यसअघि गृहमन्त्री भएपनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए ।

यसपटक पनि बस्नेत वरियताको कुनै प्रभाव नगरी मन्त्री हुने चक्करमा लागेका छन् । बस्नेत चारपटक सांसद तीन पटक मन्त्री भइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले यसपटक युवा सांसदलाई अघि सार्ने तयारी गरेका छन् । पटक–पटक मन्त्री र सांसद भएका भन्दा युवालाई प्राथमिकतामा राखेर मन्त्री बनाउने योजनामा उनी लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४