Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले सबै पद गुमाएको भन्दै देउवाको आलोचना !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ११ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सञ्जालमा नेता कार्यकर्ताले देउवाको आलोचना गरेका छन् । आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणवद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाएको छ । खासगरी कांग्रेस सभापति देउवाले र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलो पालो आफू नै प्रधानमन्त्री बन्नु पर्ने अडान राख्नु भएको थियो ।

देउवाले दाहाललाई पहिलो पालो प्रधानमन्त्री दिन नमान्दा आइतबार दाहाल एकाएक कांग्रेस सँगको गठबनधन तोडेर एमालेसँग गबन्धन गर्न पुग्नुभयो र प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । यो घटनालाई लिएर कांग्रेसका नेता र कार्यकर्ताले सामाजिक संजालमा देउवाको आलोचना गरेका छन् । देउवाले आफ्नो व्यक्तिगत स्वार्थ र महत्वकांक्षाकाले कांग्रेसको दीर्घकालीन हित र भविष्य बलि चढाएको कांग्रेसका नेता कार्यकर्ताको ठहर छ ।

देउवाले आफू नै प्रधानमन्त्री बन्नु पर्ने अडान नछोड्दा कांग्रेसले राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पदहरु गुमाएको छ । अब ती सबै पदहरुमा एमाले सहितको गठबन्धनमा भागवण्डन हुनेछ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी मानिएको कांग्रेसमा देउवाले एकल निर्णय गरेर पार्टीलाई झन् कमजोर बनाएको भन्दै देउवाको आलोचना गरिएको छ । एक कांग्रेस नेताका अनुसार आइतबार बिहान भएको गठबन्धन बैठकमा देउवाले दाहाललाई प्रधानमन्त्री पद नदिने अडान राख्नु भएको थियो ।

तर पछि दाहाललाई फोन गरेर प्रधानमन्त्री दिने बताउनु भएको थियो,त्यतिबेला देउवा ढिलो हुनुभएको थियो,दाहालले एमालेसँग गठबन्धन गरिसक्नु भएको थियो । २०७८ असार २९ मा कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा लगायत गरेर पाँच दलीय गठबनधन बनेको थियो र देउवालाई प्रधानमन्त्री बनाएको थियो । उक्त गठबन्धन १५ वर्षसम्म निरन्तर जाने भनेर नेताहरुले प्रतिवद्धता जनाएका थिए । तर १८ महिना पनि नपुग्दै गठबन्धन भत्कियो । कांग्रेससँगको गठबन्धनमा रहेको माओवादी फुत्केर एमालेसँग गठबनधन गर्न पुगेको छ । जसमा सात राजनीतिक दल र स्वतन्त्र समेत गरेर १६९ सांसद सामेल छन् र अब उनीहरुबीच नै ती पदहरुको भागवण्डा हुनेछ । दाहालले आजै पद तथा गोपनियताको सपथ लिंदै हुनुहन्छ ।

देउवाको हठले कांग्रेस सत्ता राजनीतिबाट अहिलेलाई बाहिरिएको छ । १८ महिना सत्ता बाहिर रहेको एमाले फेरि सत्तामा आएको छ । तर पनि निर्वाचनमा गठबन्धन गरेर गएको कांग्रेसलाई हाललाई भने घाटा भएको छ । राजनीतिमा हरेका संभावनाको खेल रहे पनि अहिलेलाई भने कांग्रेस संसदमा सबैभन्दा ठूलो दलका रुपमा प्रतिपक्षमा बस्न पुगेको छ । राजनीतिमा चतुर मानिनु भएका देउवाको अहिलेको निर्णयले भने उहाँ अपरिपक्व र कच्चा खेलाडी रहेको भन्ने पुष्टि हुन पुगेको कांग्रेसका नेता कार्यकर्ताको टिप्पणी छ । देउवाका समर्थकहरु भने कांग्रेसलाई कुनै घाटा नभएको दाबी गर्छन् ।

२०७४ मा प्रत्यक्ष निर्वाचनमा २३ सीट जितेको कांग्रेसले देउवाकै कारण अहिले ५७ सीट जितेको दाबी गर्छन् । तर देउवाले दाहाललाई प्रधानमन्त्री नदिदा स्वयं देउवालाई समेत राजनीतिक घाटा भएको छ । सामाजिक संजालमा देउवाको राजीनामा समेत माग्न थनलिएको छ भने कतिपय नेता कार्यकर्ताले पार्टीको विशेष महाधिवेशनको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४