Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५-७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्छ : राजेन्द्र लिङ्देन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ११ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्ने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको नयाँ बानेश्वरमा बसेको बैठकबाट बाहिरिएका उनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्ने बताएका हुन् ।

यद्यपि उनले मन्त्री छनोटको बैठकमा आफू सहभागी नभएको र अरु दलहरुले कसलाई सरकारमा पठाउने भन्नेबारे छलफल गरिरहेको बताए । ‘दलहरुले प्रतिनिधि पठाउने विषयमा छलफल भरहेको छ’ उनले भने ‘ ‍…कुनै निश्कर्ष निस्केको छैन । मलाई लाग्छ ५-७ जनाको बन्ला ।

उनले राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई समर्थन गर्ने निर्णय मात्र गरेको बताए । सरकारमा जाने वा नजाने विषयमा पुन: पार्टीको बैठकबाट निर्णय गर्ने उनले बताए ।

‘अहिले तत्काललाई नयाँ सरकार निर्माणमा समर्थन गर्ने भनेको छ र बाँकी निर्णय पछि गर्छ भनेको छ’ उनले पत्रकारहरुसँग भने । पार्टीले निर्णय नगरेका कारण तत्काल सरकारमा नजाने अध्यक्ष लिङ्देनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४