Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 2.8K
    SHARES

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आगामी ५ वर्षे कार्यकालमा सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्ने भएका छन् ।

कांग्रेस गठबन्धनले संविधानको धारा ७६ को उपधारा २ अनुसार ठुलो दलको हैसियतले सरकार बनाउने पहल कदमी सफल नभएपछि आइतबार बालकोटमा एमालेसहितको गठबन्धन बनेर नयाँ सहमति भएको हो । सो सहमति अनुसार माओवादी अध्यक्ष प्रचण्ड अबको साढे २ वर्ष सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नेछन् भने त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

अध्यक्ष प्रचण्ड एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन् । बालकोट छलफलमा नेताहरूबीच तत्काललाई प्रचण्ड प्रधानमन्त्री बनाएर बाँकी पदहरुमा छलफल गर्दै अघि बढ्ने सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

तर नेताहरूबीच प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि राष्ट्रपति र समाभुख एमालेले राख्ने लगभग निश्चित भएको एमाले नेताहरूको भनाइ छ । ‘प्रचण्ड–ओली आलोपालो प्रधानमन्त्री बन्ने तथा राष्ट्रपति र सभामुख एमालेले राख्ने स्वाभाविक हो । यद्यपि त्यसबारे सहमति नै भएको भने होइन’, बालकोट बैठकमा सहभागी एमालेका एक नेताले भने, ‘बाँकी पदमा समर्थन गर्ने दलहरुलाई पनि दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४