Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी सरकारद्वारा म्याग्दीका पशुपालक कृषकलाई ४ करोड २५ लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 3K
    SHARES

काठमाडौं। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार म्याग्दीका पशुपालक कृषकहरूका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश सरकारले पशुपालन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका क्रममा उक्त रकम कृषकलाई सहयोग गरेको हाे।म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषकलाई लक्षित गरेर पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । विदेशिने युवालाई स्वदेशमै रोकेर स्वरोजगार बनाउन तथा आर्थिक विकास गर्ने उद्देश्यका साथ युवा लक्षित कार्यक्रमलाई जोड दिइएको हो ।

स्वदेशमा केही काम पाइएन भन्दै विदेशिने वा विदेशबाट फर्किएका युवा कृषकहरुलाई लक्षित गरेर म्याग्दीमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन पशुपालनका कार्यक्रमलाई प्रदेश सरकारले जोड दिइएको छ । प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयमार्फत म्याग्दीमा सबै भन्दा धेरै ६४ लाख रुपैयाँको लागतमा साना व्यवसायी फार्म स्थापना तथा विस्तार गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी ५१ लाख ४० हजार रुपैयाँको लागतमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, ४० लाख रुपैयाँको लागतमा पशुपक्षी बिमा कार्यक्रम, ३० लाख रुपैयाँको लागतमा भैँसी विकास र आमयान्त्रिकरण कार्यक्रम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । त्यस्तै कोरोना भाइरस (कोभिड–१९) राहततर्फ युवा कृषकलाई ५० प्रतिशत अनुदानमा कुखुरा पालन कार्यक्रम पनि सञ्चाल नगरिएको छ ।

पशुपालन व्यवसाय वृद्धि गर्न र उत्पादन बढाउनका लागि डेरी तथा मासु पसल सुधार, पुराना पोखरी मर्मत सम्भार, माछाका भुरा वितरण, पाडापाडी हुर्काउने तथा हिउँदे र वर्षे घाँस उत्पादनको बीउबिजन सहयोग गर्ने जस्ता कार्यक्रमहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४