Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन जोगाउन रामचन्द्र पौडेलको दौडधुप


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ९ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन दलबीचको एकता कायम राख्न पौडेलले सक्रियता बढाएका हुन् ।

शनिबार बिहान प्रचण्ड र नेपालसँग एक घण्टा छलफल भएको पौडेलनिकट स्रोतले जन प्रहारलाई जानकारी दिएको छ । सो भेटमा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।

भोलि साँझ ५ बजेसम्म सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने दबाबमा रहेका सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्ने तय भएको छ । यसअघि पटक पटक बसेको बैठकमा शक्ति बाँडफाँडमा दलहरूले आफ्नो अडान नछोडेका कारण सहमति जुट्न सकेको छैन ।

माओवादी केन्द्रले सुरुको २ वर्ष आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गरेको छ भने नेकपा एकीकृत समाजवादीले सरकारको कार्यकालको १ वर्ष प्रधानमन्त्री पाउनुपर्ने माग गरेको छ ।

राष्ट्रपतिका लागि कांग्रेस र एकीकृत समाजवादीले आफ्नो दाबी प्रस्तुत गरेका छन् भने अन्य पदहरू बाँडफाँडको विषयमा पनि गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४