Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलिसम्म ‘दलहरुको कसरत भने जारी’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ९ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि आइतबार साँझसम्म रहेको छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न सकिरहेको छैन् ।

राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । त्यो समयसीमा सकिनै लाग्दा पनि दलहरुले सरकार गठनको खाकासमेत तयार पार्न सकेका छैनन् ।

राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गर्नुभएको हो ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नयाँ सरकारमा शक्ति बाँडफाँडमा कुरा मिलेको छैन । निरन्तर छलफलमा रहे पनि दलीय अडानका कारण शीर्ष नेताले कुनै प्रगति गर्न सकेका छैनन् ।

तर, पद बाँडफाँटमा सहमति जुटाउन गठबन्धन सम्बद्ध शीर्ष नेताहरू बालुवाटारमा निरन्तर छलफलमै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४