Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार गठनका लागि दलहरुको कसरत जारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ९ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडानका कारण सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचका पछिल्ला छलफलहरु निष्पर्कमा पुग्न सकेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक भएका छलफलमा सरकारको नेतृत्व गर्ने विषयमा सहमति नहुँदा निष्कर्षविहीन भएको छ ।

शुक्रबार साँझ भएको छलफलमा दुवैले पहिलो प्रधानमन्त्रीमा अडान राखेपछि शनिबार पुनः वार्ता गर्ने समझदारी भएको छ  ।

देउवा, दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार पनि छलफल भएको थियो  ।

शीर्ष नेताहरू अडानमा रहँदा दोस्रो तहका नेता पनि दौडधुपमा छन् । आलोपालो गर्ने गरी सुरूको दुई वर्ष आफूलाई सरकारको नेतृत्व दिन दाहालले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग औपचारिक प्रस्ताव यसअघि नै राख्नुभएको छ ।

प्रधानमन्त्री देउवाले पनि ताजा जनादेशअनुसार कांग्रेस संसद्को ठूलो शक्ति भएकाले आगामी सरकारको नेतृत्व आफैं गर्ने बताउनुएको छ ।

यता, वैकल्पिक सरकारका लागि प्रयास गरिरहेको नेकपा (एमाले) ले सत्ता गठबन्धन भत्काउने विषयलाई उच्च प्राथमिकतामा राखेको छ  ।

मुलुक असफल राष्ट्र हुनबाट जोगिन अहिलेको सत्तारूढ गठबन्धन भत्किन आवश्यक रहेको निष्कर्षसहित एमाले वैकल्पिक पक्षमा उभिएको हो  ।

केन्द्रीय सचिवालयको बिहीबारको बैठकले असफल हुँदै गएको अर्थतन्त्र, राजनीतिक अस्थिरता र अराजकताबाट मुलुकलाई जोगाउन गठबन्धन भत्किन आवश्यक रहेको निष्कर्ष निकालेको छ  ।

सत्तारूढ गठबन्धनलाई नै निरन्तरता दिने गरी सत्तापक्षीय दलहरू शक्ति बाँडफाँटमा केन्द्रीत रहेका बेला एमालेले वैकल्पिक गठबन्धनका लागि अग्रसरता लिएको संकेत दिएको हो  ।

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणअघि ओलीनिवास बालकोटमा बसेको बैठकमा ओलीले अहिलेकै गठबन्धन कायम रहे मुलुक असफल राष्ट्र बन्ने जोखिमतिर लम्किएको दाबी गर्दै स्थिरताका लागि आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४