Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ८ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गर्नुभएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको बताउँदै अहिले जीवनस्तरमा सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा भन्दै उहाँले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले अहिलेको प्रविधिको विकासले अवसर मात्र होइन चुनौति पनि थपेको बताउँदै सूचनाको हक लोकतन्त्रमा अनिवार्य रहेको बताउनुभयो ।

राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड छ । उहाँले पत्रकारिताको मर्यादामा ख्याल गर्न समेत सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् । दुई दिन चल्ने साधारणसभामा राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४