Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि एक सातासम्म उपत्यकाको फोहोर नउठ्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि एक सातासम्म फोहोर संकलन नहुने भएकाले सोही अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न अपिल गरेको हो । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहाेरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फोहोर संकलनकाे काम रोकेको हो ।

उपत्यकाका १८ वटै स्थानीय तहको फोहाेर व्यवस्थापनको काम रोकिने भएकाे छ । सडक मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहाेरका गाडी ल्याण्डफिल साइट पुग्ने गरेका थिए ।
उपत्यकामा हरेक दिन १ हजार २ सय मेट्रिक टन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

निजी कम्पनीहरू र महानगरपालिका गरी दैनिक करिब २ सय गाडीले फोहाेर लैजाने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४