Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीसँगै राष्ट्रपतिमा पनि कांग्रेसको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ७ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चुनिएको केही घण्टामै सत्ता गठबन्धनका तीन नेताबीच त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भेट भयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निमोनिया भएर मंगलबार मात्र अस्पताल भर्ना भएका थिए । उनलाई भेट्न बुधबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका थिए । उनी निस्कन लाग्दा नेता नेपालले प्रधानमन्त्री देउवा पनि आउँदै गरेको सुनाए र केहीबेर पर्खिन आग्रह गरे ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा आइपुगे, प्रचण्ड र नेपाल दुवैले संसदीय दलको नेता चुनिएकोमा बधाई दिए ।

त्यहाँ उपस्थितहरुका अनुसार देउवा र प्रचण्ड दुवैले नेता नेपालको स्वास्थ्य अवस्थाबारे चासो राखे । नेपालले स्वास्थ्यमा सुधार भएको र भोलि वा पर्सि डिस्चार्ज हुनसक्ने सुनाए । त्यसपछि नेताहरु नेता नेपाल अस्पतालबाट डिस्चार्ज भएलगत्तै गठबन्धनको बैठक बस्ने र शक्ति बाँडफाँटबारे सहमति खोज्ने सहमति जनाएर उठेका छन् ।

एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक प्रकाश ज्वाला भन्छन्, ‘पावर शेयरिङबारे सम्भवतः भोलिबाट औपचारिक छलफल सुरु होला ।’

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार अब बस्ने गठबन्धनको बैठकमा उनको दलले औपचारिक रुपमा देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राख्नेछ । देउवा निकट नेता लेखक भन्छन्, ‘हाम्रो प्रस्ताव पहिलो चरणमा शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउने हुन्छ ।’

३ पुसमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।

गठबन्धनको अर्को घटक माओवादी केन्द्रले पनि पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रचण्डको दाबीमा एकीकृत समाजवादीका नेताहरुको पनि समर्थन देखिन्छ । एकीकृत समाजवादीका प्रमुख सचेतक ज्वाला भन्छन्, ‘गठबन्धन कायम राखेर जानेमा कुनै विवाद छैन । पहिलो पालोमा को भन्ने छ । गठबन्धनमा छलफल हुँदा जे सहमति जुट्छ, त्यसअनुसार नै अघि बढ्छौं ।’

कांग्रेस संस्थापन पक्ष सुरुमा देउवालाई प्रधानमन्त्री बनाएर माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पालो दिने सहमति गर्न तयार देखिएको छ । संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापा भने यसबारे संस्थागत रुपमा छलफल हुनुपर्ने बताउँछन् ।

‘सरकार चलाउने सन्दर्भमा अर्को पार्टीसँग आलोपालो गर्ने कुनै समझदारी संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ’ उनले भने, ‘योभन्दा अगाडिका समयमा जस्ता बन्द कोठामा बसेर आलोपालो गर्ने सहमति गर्नुहुन्छ भने कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न ।’

नेताहरु पनि प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखमा पनि प्याकेजमा सहमति खोज्नुपर्ने बताउँछन् ।

राष्ट्रपतिमा कांग्रेससँगै एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेस नेताहरु १० सिट जितेको एकीकृत समाजवादी होइन, ३२ सिट भएको माओवादी केन्द्रलाई पनि राष्ट्रपति पद छाड्न तयार देखिएको छैन ।

कांग्रेसले राष्ट्रपति पाएको अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । एकीकृत समाजवादीमा भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल आकांक्षी छन् । तर इलाम १ मा प्रतिनिधिसभा चुनाव हारेका उनी राष्ट्रपति बन्ने सम्भावना कम रहेको नेताहरु बताउँछन् ।

शक्ति बाँडफाँटबारे प्याकेजमा सहमति खोज्ने र साना दलहरुको समर्थनमा बहुमत (१३८ सांसद) जुटाएर सरकार गठनका लागि दावी पेश गर्न गठबन्धनका दलहरुलाई चार दिनको मात्र समय छ । किनकि प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समय १० गते साँझ ५ बजे सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४