Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै सरकार गठनमा दौडधुप


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन भएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा दलको नेता निर्वाचित भएसँगै सत्ता गठबन्धनमा बाँडफाँटको बाटो खुलेको हो । माओवादी केन्द्र र एकीकृत समाजवादीमा पुष्पकमल दाहाल र माधव नेपाल यसअघि नै निर्विरोध चयन भइसक्नुभएको छ ।

देउवा संसदीय दलको नेता निर्वाचित भएसँगै सरकार निर्माणको रिले दौड सुरु भएको छ । गत मंसिर ४ को निर्वाचनपछि दलको नेता चयन गररेपछि मात्र सरकार गठन प्रक्रिया थाल्ने भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पछि हटेका थिए । देउवा दलको नेता भएसँगै अब गठबन्धनका शीर्ष नेताहरु फेरि सरकार गठनको छलफलमा व्यस्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बहुमत सांसदको समर्थन पेस गर्ने समय पुस १० गते साँझ ५ बजेसम्मलाई दिनुभएको छ । अब सरकार निर्माण अघि बढ्ने कांग्रेसका नेताहरुले बताएका छन् । सभापति देउवा फेरि सरकारको नेतृत्व गर्ने पक्षमा हुनुहुन्छ । दलको नेता चयन भएपछि उहाँलाई गठबन्धन र बाहिरका अन्य दलहरुसँग छलफल गर्न सहज भएको छ ।गठबन्धनमा औपचारिक प्रस्ताव भएपछि कसले सरकारको नेतृत्व गर्ने टुंगो लाग्ने नेताहरुको भनाइ छ ।

अहिलेसम्म गठबन्धनबाट कसैले पनि प्रधानमन्त्रीको दाबी नगरेको भन्दै पहिलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने कांग्रेसका नेताहरुको अडान छ । गठबन्धनले सरकार बनाएको अवस्थामा पहिलो प्रधानमन्त्री आफूले पाउनुपर्ने माग दाहालले यसअघि नै प्रकट गर्दै आउनुभएको छ । उहाँ आलोपालो हिसाबमा आफू पहिले प्रधानमन्त्री हुनुपर्ने पक्षमा हुनुहुन्छ ।

तर कांग्रेसको संस्थापन इतर पक्ष भने माओवादीलाई सरकारको नेतृत्व दिन नहुने भन्दै सभापति देउवालाई दवाव दिने तयारीमा छ । संसदीय दलको नेतामा पराजित भएपछि महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति गरे आफूलाई मान्य नहुने चेतावनी दिनुभएको छ ।

यता, संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने सरकार निर्माणको प्रयास औपचारिक रुपमा गरेको छैन । एमाले पनि कांग्रेस संसदीय दलको निर्वाचन पछिको अवस्थालाई कुरेर बसेको छ । आफ्ना विजयी सांसदहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरुकै कारण नयाँ सरकार कसको नेतृत्वमा बन्ने हो भन्ने अन्योल भएको बताउनुभएको छ । उहाँले सत्ता गठबन्धनमा आवद्ध दलहरुले मात्रै नयाँ सरकार गठन गर्न नसक्ने बताउनुभएको छ ।

यद्यपि एमालेका नेताहरुले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) राप्रपा लगायत दलका शीर्ष र दोस्रो तहका नेतासँग एक चरण छलफल भने गरिसकेको छ । एमालेले सत्ता गठबन्धन भत्काउन माओवादीलाई प्रधानमन्त्री बन्न आग्रह गरिसकेको छ । यस्तै, रास्वपालाई सरकारमा ल्याउन अध्यक्ष ओलीले रास्वपा सभापति रवि लामिछानेसँग पटकपटक छलफल गरिसक्नुभएको छ ।

कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिने दाउमा छ भने राष्ट्रपति पाउनेमा विश्वास कम भएकाले माओवादीको जोड प्रधानमन्त्रीमा रहेको छ । यस्तै, शक्ति बाँडफाँट सन्तुलन राख्न आफूले राष्ट्रपति पाउनुपर्ने एकीकृत समाजवादीको दावी छ । यता, एमाले भने माओवादी र एसलाई गठबन्धनबाट बाहिर ल्याएर राष्ट्रपति पद लिने दाउमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४