Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसभित्र रुपान्तरण र पुस्तान्तरणले तल्काल मूर्त रुप पाउन सकेन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । मुलुककै सबैभन्दा पूरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको जवर्जस्त प्रयास हुन थालेको छ । गत वर्ष मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनदेखि सुरु रुपान्तरण र पुस्तान्तरणको मुद्दा संसदीय दलको निर्वाचनसम्म आईपुग्दा थप सशक्त देखिन थालेको छ । कांग्रेसभित्र यो मुद्दाले तत्काल मूर्त रुप पाउन नसके पनि समयको बेगसँगै असम्भव भने देखिंदैन ।

बुधबार सम्पन्न पार्टीको संसदीय दलको नेतामा मुलुकको राजनीतिमा विगत ३० वर्षदेखि राष्ट्रिय राजनीतिमा राज गर्दै आउनुभएका पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभयो । तर, यसपटक देउवाको प्रतिस्पर्धा पार्टीका आफ्नै उमेरका नेताहरुसँग भएन । देउवाले संसदीय दलको चुनावमा आफूभन्दा उमेरले ३२ वर्ष कम उमेरका पार्टी महामन्त्री गगन कुमार थापासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो ।

देउवा प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर बढी मतले निर्वाचित भएपनि पुराना नेताको पार्टीको रुपमा आलोचना खेप्दै आएको कांग्रेसमा बुधबारको चुनाव राजनीतिक दृष्ट्रिले सानोतिनो परिर्वतनको संकेत भने होइन । रुपान्तरण र पुस्तान्तरणकै नाराका साथ संसदीय दलको चुनाव लड्नुभएका महामन्त्री थापाले आगामी दिनमा पार्टीमा युवा पुस्ताको जवरजस्त हस्तक्षेप हुने संकेत गर्नुभएको छ ।

१४ औं महाधिवेनशनमा फरक खेमामा रहेपनि एजेण्डाका कारण एउटै कित्तामा महामन्त्री थापासँगै उभिनुभएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टीमा परिर्वतनको खाँचो औंल्याएर विगतजस्तो मनपरि नचल्ने बताउनुभयो ।

हुन त कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय समितिको निर्वाचनदेखि नै रुपान्तरण र पुस्तान्तरणको छनक देखिन थालेको थियो । महाधिवेशनमा युवा प्रतिनिधिको प्रभाव नेतृत्व चयनमा स्पष्ट देखियो । पार्टीको मुख्य नेतृत्व कब्जा गर्न नसकेपनि उपसभापति, महामन्त्री लगायतका महत्वपूर्ण पदमा पुराना पुस्ताका नेतालाई पराजित गर्दै युवा पुस्ताका नेताहरुको उदय भयो । निर्वाचित केन्द्रीय समितिमा युवाहरुको उपस्थिति हेर्न लायक छ ।

महाधिवेशनको केहि समयपछि गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि टिकट वितरणदेखि नै युवाहरुको हस्तक्षपकारी भूमिका देखियो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणदेखि निर्वाचितको संख्या हेर्दा कांग्रेसमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका निर्णायक हुन नसकेपनि प्रभाव भने बढ्दो क्रममा छ ।

पछिल्ला दिनहरुमा कांग्रसभित्र राजनीतिमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डा झन् बलियो बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४