Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको निर्वाचन : मतदानमा ढिलाइ किन ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि पूर्वनिर्धारित समयमा सुरु हुन सकेन ।

केही सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा पछि मात्रै मतदान सुरु भएको हो । एक जना केन्द्रीय नेताले देउवा पक्षका सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदानमा ढिलाइ भएको बताएका छन्  । नियमअनुसार भोट हाल्ने ठाउँमा मोबाइल लैजान निषेध गरिएको छ ।

निर्वाचन समितिले आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । मतदान गर्न सांसदहरु बिहानै सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगिसकेका छन् । तर मतदान सुरु नभएपछि उनीहरु अलमलमा परेका थिए ।

संसदीय दलको नेताको लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापा उम्मेदवार छन् ।

निर्वाचनस्थल कांग्रेस संसदीय दलको कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरुले आगन्तुकको नामावली र उनीहरुको परिचयपत्र हेरेर मात्र भित्र प्रवेश गर्न दिएका छन् । पत्रकारहरुलाई पनि बाहिरै सडक पेटीमा रोकेर राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४