Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको चुनावका लागि आज उम्मेदवारी दर्ता “प्रधानमन्त्री देउवासहित आधा दर्जन आकांक्षी”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको भोलि बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे नेतृत्वको निर्वाचन समितिले तयार पारेको निर्वाचन कार्यतालिका अनुसार संसदीय दलको नेतामा दाबी गर्ने उम्मेदवारले आज मंगलबार दिउँसो २ देखि ३ बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।

उम्मेदवार बन्न ५१ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

प्रत्यक्ष र समानुपातिक गरी ८९ जना सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न आधा दर्जन नेताहरुले आकांक्षा देखाएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु शेखर कोइराला, गगन कुमार थापा, प्रकाशमान सिंह, रामचन्द्र पौडेललगायतले संसदीय दलको नेता बन्ने आकांक्षा देखाएका छन् । तर, मूख्य प्रतिष्पर्धा भने देउवा र संस्थापन ईतर पक्षका नेता बीच हुने सम्भावना रहेको छ ।

संस्थापन ईतरबाट कोइराला र थापा मध्ये एक जना उम्मेदवार बन्ने सम्भावना रहेको जनाइएको छ ।

संसदीय दलको नेता चयनको लागि बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४