Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार गठनको तयारीमा दलहरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.7K
    SHARES

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ । दलहरु संसदीय दलको निर्वाचनमा लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ । कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने भएको छ ।

संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँट गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो । संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ ।

कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ भने शेखर कोइराला पनि दलको चुनाव लड्न दबाबमा हुनुहुन्छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले पनि संसदीय दलको नेता, उपनेता र सचेक चयन गरीसकेको छ । अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरेको छ भने उपेनता र मुख्य सचेतकमा क्रमश राजेन्द्र पाण्डे र प्रकाश ज्वाला चयन भएको नेकपा एसले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ । रास्वपाका नवनिर्वाचित सांसदहरुको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । प्रतिनिधिसभामा चौथो दल बनेको रास्वपाले पनि सांसदहरुको सपथ गराउनुअघि नै संसदीय दलको नेता चयन गरेको हो । रास्वपा पनि आफ्ना मुद्दा सम्बोधन भए नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा रास्वपाले २० सिट जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४