Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा र शेखरबीच फेरी टक्कर, जीवन ल्याएर श्रेष्ठलाई राष्ट्रियसभा लाने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २४ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेतृत्वलाई तीन पुरुष मिलाउन सकस परेको छ । तीन पुरुषलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र इतरसमूहका नेता डा. शेखर कोइरालाबीच यसै विषय पुनः टक्कर परेको छ । सहमतिका लागि आज कार्यसम्पादन समितिको बैठक पनि राखिएको छ ।

प्रत्यक्षमा प्रतिनिधित्व नभएको दलित र मुस्लिम कलष्टरलाई प्राथमिकता दिनुपर्ने पक्षमा कोइराला उभिएपछि सभापति देउवा थप संकटमा परेका छन् । क्लस्टर अनुसार कति महिला छनोट गर्ने भन्ने अधिकार आयोगले सम्बन्धित दललाई दिएकाले कोइरालाको दवावमा देउवाले एक सिट व्यवस्थापन गर्ने संकेत पनि दिएका छन् ।

नेताका अनुसार कांग्रेसमा प्रत्यक्ष निर्वाचित आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सीता गुरुङले गरेकाले महिला आदिवासी जनजातितर्फ एक सिट कम गर्ने तयारीमा देउवा पुगेका छन् । आदिवासी जनजाती तर्फको एक सीट कम गरी त्यसमा सहमहामन्त्री जीवन परियारलाई समावेश गर्ने विकल्पमा कोइराला पनि सहमत हुने बताइएको छ । अर्को विकल्पका रूपमा श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने गरी परियारको नाम समावेश गर्ने सम्भावनामाथि पनि देउवा र कोइरालाबीच छलफल भइरहेको छ ।

सभापति देउवा खसआर्य, मधेशी र आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेकाहरुलाई सांसद बनाउन चाहिरहेका छन् भने कोइराला पार्टीमा शून्य रहेको दलित र मुस्लिम कोटाबाट संसदमा प्रतिनिधित्व गराउनुपर्ने पक्षमा देखिएका छन् । देउवाको पार्टी प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महत, बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई ल्याउनुपर्ने जिकिर रहेको छ ।

यसो गर्दा दलित र मुस्लिम समुदायबाट नपर्ने भन्दै यी दुइको प्रतिनिधित्व हुनैपर्ने पक्षमा कोइराला पक्ष रहेका छन् । आजको बैठकमा पनि यही विषयमा विवाद हुने देखिएको छ । देउवा दलित र मुस्लिममध्ये एक राख्नै पर्ने भए महिला कोटा घटाउने पक्षमा देखिएका छन् । पिछडिएको क्षेत्रबाहेक ६ कलष्टरबाट तीन पुरुषसहित समानुपातिकतर्फ कांग्रेसले पाएको ३२ सीट मध्ये २९ सीटमा महिला पठाउनुपर्ने बाध्यता नै रहेको छ ।

समानुपातिकतर्फका नाम निर्वाचन आयोगमा बुझाउने अन्तिम दिनसम्म पनि कांग्रेसले नाम छनोट गर्न सकेको छैन् । समानुपातिकमा पाएका ३२ मध्ये २९ सिट महिलाका लागि छुट्याउनुपर्ने भएपछि बाँकी तीन पुरुषतर्फका नाममा सहमति जुटाउन नेतृत्वलाई समस्या देखिएको छ । महिला प्रतिनिधित्वमा समानुपातिकको बन्दसूचीअनुसार नाम छनोट गर्दा खासै समस्या देखिएको छैन् ।

सांसद बनाउनुपर्ने सूचीमा रहेका अधिकांश पुरुषमध्येबाट तीनजनाको नाम छनोट गर्न भने गाह्रो भइरहेको नेताहरु बताउँछन् । समावेशी समानुपातिक ६ वटा क्लस्टरमध्ये पुरुषतर्फ खस–आर्यमा प्रकाशशरण महत, आदिवासीमा गोपालमान श्रेष्ठ, मधेसीमा विमलेन्द्र निधि, दलितमा जीवन परियार, मुस्लिममा फर्मुल्लाह मन्सुर र थारूतर्फ योगेन्द्र चौधरीको नाम एक नम्बरमा छ । उनीहरूमध्ये परियार र मन्सुर सहमहामन्त्री हुन् भने महत, निधि र श्रेष्ठ पूर्वपदाधिकारी हुन् ।

दलित र मुस्लिम क्लस्टरतर्फबाट प्रत्यक्षमा पुरुषको प्रतिनिधित्व शून्य भएकाले समानुपातिकबाट दलित र मुस्लिम पठाउन सभापति देउवालाई कोइरालाको दवाव छ । तर, सभापति देउवाको प्राथमिकतामा महत, श्रेष्ठ र निधि परेका छन् । सहमहामन्त्री मन्सुर पनि पदाधिकारी तहमा देउवाकै पक्षर हुन् । देउवा पक्षधर भएपनि कोइरालाले मुस्लिमा छुटाउन नमिल्ने बताएका छन् ।

पुरुषको प्रतिनिधित्व गराउँदा पार्टीभित्र इतरसमूहको नेतृत्व गरिरहेका कोइरालाई पनि अटाउनुपर्ने बाध्यतामा देउवा छन । जसमा दलित क्लस्टरतर्फ सहमहामन्त्री परियार एक नम्बरमा छन् । प्रत्यक्षतर्फ एकजना दलितलाई पनि टिकट दिइएन् । गठबन्धनको कारण देखाउँदै कांग्रेसले संघमा ९१ सीट र प्रदेशमा एक सय ८६ सिट लिँदा पनि एक सीट नपाउँदा दलित समुदाय विच्किएको छ ।

यसले पनि सहमहामन्त्री परियारलाई समेट्नुपर्ने दवाव देउवामा छ । मुस्लिमतर्फ मोहम्मद फिरदोस आलमले रौतहट २ बाट टिकट पाएका थिए । तर, उनी पराजित हुँदा कांग्रेसले प्रत्यक्षबाट मुस्लिमतर्फको प्रतिनिधित्व शुन्य भएको छ । परियारलाई पन्छाएमा कांग्रेसमा थप असन्तुष्टि स्पष्ट छ । संविधान र निर्वाचन प्रणालीको मर्मअनुसार पनि तीनमध्ये एकजना दलित पुरुषको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य छ ।

समानुपातिकबाट दलित महिला मात्रलाई समावेश गरेर जाँदा पनि संविधानको भावनाविपरीत नै हुने नेताहरु बताउँछन् । संविधानले महिला र दलितलाई प्राथमिकता भनेको छ । २९ सिट महिलाले पाउने भएपछि तीन सिटमध्ये एकमा दलित पुरुषको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने अडान कोइरालको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४