Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चोलेन्द्रलाई रोक्न नेपाल बारले आज पनि सर्वोच्चमा धर्ना दिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २३ २०७९
  • 3K
    SHARES

काठमाडौं । नेपाल बार एशोसियसनले आज (शुक्रबार) पनि सर्वोच्च अदालतको मूलद्वारमा धर्ना दिने भएको छ ।

निलम्वित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशंकामा बारले धर्ना दिन लागेको हो । संसद सचिवालयले प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग निस्क्रिय भएको निर्णय गरेपछि बुधबार राणाले आफू कार्यालय जाने बताउनुभएको थियो ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, संवैधानिक परिषद्, न्यायपरिषद् र जबरालाई पत्र पठाउनु भएको थियो । सोही पत्रका आधारमा जबराले आफू सर्वोच्च फर्कन पाउनु पर्ने अडानमा हुनुहुन्छ । तर बार एशोसियसन र सर्वोच्चका न्यायाधीशहरु भने जबरालाई छिर्न नदिने अडानमा रहेका छन् ।

उता,जबरा विरुद्धको महाअभियोग निस्क्रिय भईसकेको भन्ने संसद सचिवालयको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चमा शुक्रबार सुनुवाई पनि हुने भएकाे छ । सर्वोच्च अदालत बार एशाेसिएसनका पदाधिकारीहरूले दायर गरेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुनेछ ।

संसद सचिवालयका महासचिव गौतमले महाअभियोग निस्क्रिय भएको निर्णय गरेर क्षेत्राधिकार उल्लंघन गरेको दावी गर्दै बारका पदाधिकारीहरूले रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४