Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्छ”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २२ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । बिहिबार सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले सो कुरा बताउनु भएको हो ।

उहाँले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताउनु भयो ।

पश्चिमसेती बनाउने भारतीय कम्पनी ठग्ने कम्पनी नभएर भरपर्दो कम्पनी भएको बताउदै पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने उहाँले बताउनु भयो ।

उहाँले यस क्षेत्रको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले यस क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरणमा मदत पुग्ने बताउनु भयो । उहाँले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको शिक्षा, स्वास्थपछि पर्यटन र आर्थिक विकास गर्नका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । उहाँले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रुपमा विकास गर्ने सम्भावना रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४