Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्ष जेल सजाय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २१ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।

उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । उहाँलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ । माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको र उक्त प्रक्रिया निकै लामो रहेकाले तत्काल जेल भने जानुपर्ने अवस्था भने नरहने जनाइएको छ ।

तर बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसलाले सिंगो अर्जेन्टिनालाई हल्लाएको छ । अर्जेन्टिनाको इतिहासमा बहालवाला उपराष्ट्रपति माथि न्यायिक अंगबाट यो प्रकारको अभियोग पुष्टि भएको पहिलो पटक हो। सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेको बेला क्रिश्टिनाले सार्वजनिक निर्माणको ठूलो काम आफ्नो ब्यापारी साथीलाई जिम्मा दिएर घुस लिएको ठहर अदालतले गरेको छ ।

घुस दिने ब्यपारी लाजारो बाएजलाई भने यस अघि नै ६ वर्षको जेल सजाय सुनाएर पनि कारागारमा राखिएकाे छ । ११ जना विरुद्ध मुद्दा चलिरहेको र ती मध्ये ७ जना दोषी ठहर भइसकेका छन् । अहिलेसम्मकै सबै भन्दा ठूलो भ्रष्टाचार भनिएको यो सार्वजनिक निर्माणको काम दर्जनौं ठेक्कासँग जोडिएको र ति काम अहिले पनि लथालिैग अवस्थाा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४