Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसलाई गलाउने रणनीति : प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म माओवादीको दावी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १९ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि कांग्रेससँग माओवादीले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका पदीय संरचनामा दावी गरेको छ । प्रतिनीधिसभाको प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको माओवादीले सरकार बनाउने बेलामा कांग्रेससँग ती पदमा दावी गरेर कांग्रेसलाई गलाउने रणनीति लिएको हो ।

कांग्रेसले आफ्नो नेतृत्व र एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउने कोसिसमा छन् । यही बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक मात्र मिसन जसरी पनि आफू प्रधानमन्त्री बन्नेगरी बार्गेनिङ शुरु गरेका हुन् । माओवादीविना यी दुवै पार्टीले सरकार बनाउन नसक्ने भएपछि प्रमुख पदमा माओवादीले दावी गर्न थालेपछि कांग्रेसले यो विषयमा कुनै छलफल नै गरेको छैन । सोमबार दिउसो गठबन्धन दलको बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनबारे सामान्य छलफल हुने बुझिएको छ ।

अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनको विषयमा दोहोरो नीति लिएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र माओवादीका नेताहरु जनार्दन शर्मा शक्ति बस्नेतकाबीचमा निरन्तर कुराकानी चलिरहेकै बेला शनिबार बसेको माओवादी पदाधिकारी बैठकले एमालेसँग पनि सहकार्य गर्नसक्ने संभावनालाई खुला गरेर कांग्रेससँगको बार्गेनिङ पावरलाई कसिलो बनाउने कोसिस गरेको थियो ।

‘प्रचण्डलाई शुरुमा प्रधानमन्त्री तथा राष्ट्रपति र सभामुख मध्ये एक पद माओवादीले दावी गर्नेछ’, माओवादीका एक नेताले भने । उनका अनुसार सरकारको कार्यकाल आधा र प्रमुख पदमा माओवादीको दावी शुरु भैसकेको छ । एमालेसँगको सहकार्यलाई खुला गर्ने माओवादी रणनीतिले कालन्तरमा उसलाई नै वेफाइदा गर्ने भएपनि प्रचण्ड नरोकिएको स्रोतको दावी छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले एमालेलगायतसँग ‘सरकार गठनका लागि छलफल गर्न सकिने र विकल्प खुला राखिने’ निर्णय गरेसँग प्रमुखको पदमा बार्गेनिङ शुरु गर्ने भएको थियो । ‘कांग्रेस यी विषयमा सहमत भएन भने कम्युनिष्ट दलको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना देखिएको छ’, ती पदाधिकारीको दावी छ । ‘सरकार गठन का लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै सरकार गठनको कोर्स फेरिने’ सम्भावना देखिएको भएपनि सोमबार बस्ने सत्ता गठबन्धनको बैठकबाट कस्तो नतिजा आउने हो भन्ने पखाईमा रहेका छन् ।

एमाले र माओवादी केन्द्रकै नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन प्रक्रिया थालेमा त्यसको नेतृत्व ‘एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेसक्ने तथा पालैपालो प्रणालीमा जानसक्ने वा त्यस्तो सरकार कम्युनिष्ट नेतृत्वको हुनसक्ने’ बताइएको भएपनि अहिलेसम्म बाहिर त्यस्तो संकेत देखिएको छैन । यसका लागि दुई पार्टीका चार नेताहरुको सक्रियता मात्रै रहेको छ । साथै स्वास्थ्य उपचारका लागि चीन पुगेका वर्षमान पुनको पनि सक्रियता छ । उनले चिनिया अधिकारीहरुसँग पनि भेटघाट गर्ने नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउने स्रोतको दावी छ । माओवादीसँगको सहकार्यबारे एमालेका वरिष्ठ उपाध्यक्ष महासचिव शंकर पोखरेल लगायतका नेताहरुले यस विषयमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन । दुई दिन अघि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर संघ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन एमालेले नेतृत्व लिनुपर्ने बताएपछि माओवादीलाई कांग्रेससँग बार्गेनिङ गर्न झन सहज भएको थियो ।

निरन्तर जनाधार खुम्चिदै गएपनि माओवादीले हरेक वर्ष सत्ता चावी भने आफ्नो हातमा पार्न सफल भएको छ । जसका कारण कांग्रेस र एमालेसँग पदीय भागवण्डा गरेर सधै सत्तामा बस्न पल्केका माओवादी नेताहरुले अहिलेपनि राज्यका प्रमुख पदमा बार्गेनिङ शुरु गरिसकेका छन् । निर्वाचन लगत्तै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकार गठन प्रकृया आफ्नो सहयोग रहने बताएपनि पछिल्ला केही दिनदेखि प्रमुख पदको बार्गेनिङ गरिरहेका छन् । एमालेले पनि माओवादीलाई साथमा लिदा सरकार बनाउन सकिन्छ भन्ने आधार देखिरहेको छ ।

जसले गर्दा माओवादीलाई भित्र भित्रै लोभ्याएर आफ्नो वशमा पार्ने स्पष्ट रणनीति बनाइरहेको र त्यसका लागि उपध्यक्ष पौडेल र उपमहासचिव गुरुङले पहल गरिरहेका छन् । अर्को उपाध्यक्ष सुवास नेम्वाङ नेकपा एसका नेता कार्यकर्ताहरुसँग नजिक हुन थालेका छन् । उनले केही दिन अघिबाटै नेकपा एससँग पनि सहकार्य गर्न सकिने बताउदै आएका छन । यद्यपि नेम्वाङले यो विषयमा पार्टीभित्र छलफल भने गरिसकेका छैनन । पार्टीका वरिष्ठ नेता इश्वर पोखरेल पनि चुपाचाप बसेका छन् । एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले पनि कुनै धारणा सार्वजनिक गरेका छैनन । तर माओवादी अध्यक्ष प्रचण्ड र प्रचण्डको सचिवालय एमालेसँगको सहकार्यलाई प्रचारबाजीको रुपमा अघि बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४