Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाबाट प्रदेश सभामा कांग्रेसका काफ्ले निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १९ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा १ बाट भने नेकपा एमालेका भरत केसी निर्वाचित भएका छन् ।

काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०६० सालमा पशुपति क्याम्पस स्ववियू सभापति बनेका काफ्ले २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थिए ।

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बनेका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य चुनिएका उनी २०७९ को आम निर्वाचनमा दोलखा प्रदेश ‘१’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४