Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो, अर्याल पछिपछि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा ‘एमाले’ की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि हुन ।

हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याएका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ । अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ ९२० मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लगेका छन । चापाकोट नगरपालिका–४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि हुन । भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४