Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातै प्रदेशमा प्रदेश सरकार गठनकाे तयारी सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइनसक्दै सातै प्रदेशमा प्रदेश सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य सुरु भएको छ ।

समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि एक दलले प्रदेशमा बहुमतको सरकार बन्ने अवस्था छैन् । तर, अधिकांश प्रदेशसभा वर्तमान सत्तारुढ गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ । सात प्रदेशमध्ये सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि सत्तागठबन्धनकै दलहरूबीच कसरत सुरु भएको छ ।

५३ सदस्यीय सुदुरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षतर्फ कांग्रेस ११, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, एमाले ३, नेकपा एस २ र स्वतन्त्रले १ क्षेत्रमा निर्वाचन जितेका छन् ।

समानुपातिकतर्फ कांग्रेस ६, माओवादी केन्द्र ३, नेकपा एमाले ७ र एकीकृत समाजवादीले १ सिट पाउने निश्चित भएको छ । यसकारण सुदुरपश्चिम प्रदेशमा वर्तमान सत्तागठबन्धनको स्पष्ट बहुमत देखिएको छ ।

अन्तिम नतिजा नआउँदै प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी सुरु भएको छ । हुन त चुनावअघि नै कांग्रेस सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रका प्रदेशसभा सदस्य खगराज भट्टराई मुख्यमन्त्रीको आश्वासन दिएको चर्चा सार्वजनिक भएको थियो । तर, अघिल्लो कार्यकाल माओवादीले नेतृत्व गरेकाले अब कांग्रेसले अवसर पाउनुपर्ने कांग्रेसका नेताहरूको जिकिर छ । तर, दुवै दलका नेताहरू भने गठबन्धनको भावनाअनुसार केन्द्रको निर्देशन र सहमतिका आधारमा टुंगो लाग्ने बताउँछन् ।

गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे टुंगो नलाग्दै कांग्रेसका आधा दर्जन प्रदेश सांसदहरू लागिपरेका छन् । मुख्यमन्त्रीको लागि कांग्रेस सुदुपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र बहादुरसिंह थापा अग्रपंंक्तिमा देखिनुभएको छ । आकांक्षी धेरै भएपछि कांग्रेसभित्र किचलो हुने संकेत देखिएको छ । तर, प्रदेश महामन्त्री खड्का पार्टीभित्र कुनै विवाद नहुने जिकिर गर्नुहुन्छ।

२०७४ सालको आमनिर्वाचनमा वामगठबन्धनको तर्फबाट निर्वाचित माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुभएको थियो । तत्कालिन नेकपा विघटन भएसँगै वाम गठबन्धनबाट मुख्यमन्त्री भएका अन्य प्रदेशमा सरकार परिर्वतन भए पनि सुदुरपश्चिम प्रदेश सरकारले भने पूर्ण कार्यकाल बिताएको छ ।

निर्माणप्रदेश सरकारसातै प्रदेश

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४