Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि र प्रदेशसभामा पुरानै दलको वर्चस्व


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । यसपटकको निर्वाचनमा सात दल बढी राजनीतिक पार्टी राष्ट्रिय दल बन्ने सम्भावना लगभग सकिएको छ ।

पुराना दल र नेतृत्वप्रति मतदाता वितृष्णा बढेको विश्लेषण भइरहँदा समानुपातिकको मत परिणाम जोड्दा तिनीहरू नै निर्णायक शक्ति बनेका छन् । संख्याका लक्की सेभेन दल व्यवहारमा प्रमाणित होला, नहोला त्यो भने हेर्न बाँकी छ ।

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा अहिलेसम्म प्रत्यक्षतर्फ सिट जितेका नेपाली कांग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र राष्ट्रिय दल बन्ने पक्का भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ मध्ये अधिकांशको नतिजा आइसकेको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार हालसम्म नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र र लोकतान्त्रिक समाजवादी पार्टीले जनमत सुरक्षित गरी आगामी राजनीतिको यात्रा तय गरेका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी सहित पाँच स्वतन्त्र जनप्रतिनिधिले संसदमा प्रवेश पाउने छन् ।

आयोगको पछिल्लो तथ्यांकअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ ।

यसबाहेक अन्य दलले अब थ्रेसहोल्ड कटाउने सम्भावना कम छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार मंसिर ४ को निर्वाचनमा मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन् । यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ । यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगको छ । खसेको मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ । यसको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन ३ लाख २० हजार बढी मत प्राप्त गर्नुपर्ने देखिन्छ ।

सात दलबाहेक थ्रेसहोल्ड कटाउने सम्भावनाको नजिक सत्तारुढ नेकपा एकीकृत समाजवादी छ । उसले प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ९४ हजार ६३ मत प्राप्त गरेको छ । ३ लाख पुग्न पनि उसले अझै लगभग ६ हजार मत प्राप्त गर्नुपर्ने अवस्था छ । सत्ता गठबन्धनको रणनीतिक दल मानिएको समाजवादी प्रत्यक्षमा उल्लेख्य सीट जितेपनि राष्ट्रिय दल बन्न चुकेको छ । माओवादीसँग विलय हुने वा एमालेसँग सहकार्य गर्ने भन्ने दुई विचारधारा बोकेकाहरूको जमघट रहेको यो पार्टीका नेताहरूको विवेकपूर्ण निर्णयले नै यसको भावी यात्रा सहज, असहज निर्धारण गर्नेछ ।

मधेशको मसिहा बन्दै आएका पुराना क्षेत्रीय दलहरु बढारिनु, दलको ह्वीप कार्यकर्ताले नमान्नु, अनपेक्षित निर्वाचन क्षेत्रबाट चिताउँदै नचिताएको उम्मेदवार अभूतपूर्व मतसहित विजयी भएको दृश्य पुराना दलका लागि चुनौतीसँगै आफूलाई सुधार्ने अवसर पनि हो । तर, नेताहरुमा अझै त्यो चेत आउने लक्षण देखिदैन ।

#पुरानै दल#प्रतिनिधिसभा#प्रदेशसभामा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४