Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङ्जा–२ र बाजुरामा कांग्रेसको अग्रता, दोलखामा माओवादी अघि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १६ २०७९
  • 4K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ ।

मत गणना भईरहेका तीन क्षेत्र मध्ये स्याङ्जा–२ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिईरहेको छ भने दोलखामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले ९ हजार ५०२ मत पाउनु भएको छ । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १९२ मत पाउनु भएको छ ।

यस्तै, बाजुरामा कांग्रेसका बद्रि पाण्डेले ४ हजार २१४ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ६६ मत प्राप्त गर्नुभएको छ ।

यता, दोलखामा बिहीबार रातिदेखि सुरू भएको मत गणनामा माओवादीका उम्मेदवार गंगा कार्की १ हजार ६५४ मतसहित अगाडि रहँदा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ९११ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार जगदीश खरेलले ११८ मत पाउनुभएको छ ।

#स्याङ्जा–२#दोलखा#बाजुरा#मतगणना जारी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४