Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसबाट प्रधानमन्त्रीका दावेदार बल्ग्रेल्ती, को बन्ला संसदीय दलको नेता ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १५ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । सरकार बनाउने कसरतमा लागेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बन्ने दलको टुंगो लागेको छैन् । राष्ट्रपति र सभामुख टुंग्याएर मात्रै प्रधामन्त्री बन्ने विषयमा प्रवेश गर्ने गठबन्धन दलका शीर्ष नेताबीच सहमति छ । तर, निर्वाचनको परिणाम आउन बाँकी रहेकै अवस्थामा नेपाली कांग्रेसभित्र भने प्रधानमन्त्री बन्ने आकांक्षीहरुको लर्को लागेको छ ।

कांग्रेसबाट अहिले भावी प्रधानमन्त्रीका लागि सात जना नेताहरु आफुलाई दाबेदार मानिरहेका छन् । सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका विषयमा बोलेका छैनन् भने रामचन्द्र पौडेल र प्रकाशमान सिंहले सत्ता गठबन्धनका नेतादेखि विपक्षी दलका नेतासम्मलाई भेटेर प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै हारगुहार मागिसकेका छन् । महामन्त्री गगनकुमार थापाले चुनाव अगाडीदेखि नै आफुलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउँदै आएका छन् ।

आगामी सरकारको नेतृत्वका लागि सम्भावित उम्मेदवार ठानिएका कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पनि अहिलेसम्म प्रधानमन्त्रीका लागि मुख फोरेका छैनन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र अन्य नेताहरुसँग छलफल गरेपछि मात्रै आफ्नो धारण सार्वजनिक गर्ने बताएका छन् । कांग्रेसबाट डा. शशांक कोइरालाले पनि आफुलाई प्रधानमन्त्रीको दावेदार बनाइसकेका छन् । यही बीचमा देउवाको उत्तराधिकारीको रुपमा पूर्णबहादुर खड्काले पनि आस गरिरहेका छन् ।

पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नका लागि कांग्रेसभित्र प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । संसदीय दलको नेता मात्रै प्रधानमन्त्री बन्न पाउने भएकाले पहिले संसदीय दलको नेतामा जो निर्वाचित हुन्छ, उसैले प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । कांग्रेस समानुपातिक र प्रत्यक्षतर्फको मतगणनाको अन्तिम नतिजा आएपछि संसदीय दलमा निर्वाचन गराउने तयारी गरेको छ । गोप्य मतदान भएपनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले चाहेसम्म संसदीय दलको नेतामा अरुलाई जित निकाल्न सहज छैन् ।

प्रधानमन्त्रीका लागि पार्टी भित्रबाट धेरैजना आकांक्षी भएपछि सभापति देउवाले संसदीय दलको निर्वाचन गराउँदा नयाँ रणनीति अपनाउने कुरा पनि बाहिर आएका छन् । देउवा आफै संसदीय दलको नेता बन्ने अवस्था नआएमा उनले जसलाई चाहन्छन उही संसदीय दलको नेता हुने अवस्था कांग्रेसमा देखिन्छ । देउवाले पार्टीभित्र केही जिम्मेवारी सुम्पने तयारी पनि गरेका छन् । यस विषयमा उनले इतरसमूहका नेता डा. कोइरालासँग छलफल गर्न खोजिरहेका छन् ।

आफु प्रधानमन्त्री नबन्ने अवस्था आएमा देउवाले गगनभन्दा अगाडी शेखर कोइरालालाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ । शेखर पछि उनले पूर्णबहादुर खड्का र विमलेन्द्र निधिलालाई पनि साथ दिने आश्वास दिएका छन् । यसैले कांग्रेसको संसदीय दलको नेता बन्न त्यति सहज छैन् । २०७४ को आम निर्वाचन संसदीय दलको नेता चुन्नुपर्ने अवस्था कांग्रेसमा थिएन । तर, अहिले संसदीय दलको निर्वाचन गराउनै पर्ने अवस्था छ ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको थियो । तर, यसपटकको स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ सिट जितेर पहिलो दल बनेको थियो ।

हालै सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्ने निश्चित छ । यद्यपि अझै प्रतिनिधिसभाका ३ निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छैन । हालसम्म कांग्रेसले प्रदेशमा एक सय पाँच सिट जितेको छ । जुन अघिल्लो निर्वाचनभन्दा दोब्बरले बढी हो । प्रतिनिधिसभातर्फ कांग्रेसले अहिलेसम्म ५५ स्थानमा जितेको छ ।

बाजुरा र स्याङ्जा २ मा मतगणना भइरहेको छ भने दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । यदि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारले जित निकाल्दा ५७ सिट पुग्छ । समानुपातिकतर्फ मतगणना जारी छ । एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएमा सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यही भएर कांग्रेसमा यसपटक नयाँ पुस्ताले सरकारको नेतृत्व लिनुपर्ने आवाज प्रबल रूपमा उठेको छ ।

नयाँ पुस्ताले सरकारको नेतृत्वमा दाबी छाडे पनि नछाडे पनि कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेतिर परिस्थिति अघि बढेको छ । कांग्रेसले पाएको सीट संख्याका आधारमा जसले बहुमत ल्याउँछ, उही बन्छ संसदीय दलको नेता । प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक प्रणालीतर्फबाट क्लस्टरको सूचीमा नाम हेर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा ५१ र संस्थापनइतर समूहतिर ३२ सांसद देखिन्छ ।

कांग्रेस महामन्त्री गगन थापालाई दलको नेता बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले प्रयत्न गर्ने बताइसकेका छन् । यसले गर्दा प्रदीप पौडेललगायत देउवा समूहका रहेका धेरै युवा सांसदले गगनलाई साथ दिने सम्भावना धेरै छ । कांग्रेस महामन्त्री थापाले शनिबारदेखि संसदीय दलको नेता चयनका लागि आफूले सांसदहरूसँग भेटघाट र छलफल अघि बढाउने बताइसकेका छन् । अर्का महामन्त्री शर्माले पनि सर्वसम्मत नभए निर्वाचनबाटै दलको नेता चुनिने घोषणा गरिसकेकाले यसपटक कांग्रेस संसदीय दलको नेताको चुनावमा निकै घमासान चल्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४