Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नदी किनारका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको अल्टिमेटम


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिका नदी किनारको अतिक्रमण हटाउने अभियानमा लागेको बेला काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डमा पर्ने जग्गा अतिक्रमण गरी बनाइएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनेको हो ।

प्राधिकरणले निर्देशन कार्यान्वयन नगरे अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने पनि जनाएको छ ।

उपत्यकाभित्रका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको उल्लेख गर्दै सूचनामा आफ्नो काममा अवरोध भए प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम अगाडि बढ्ने चेतावनी पनि दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४