काठमाडौँ । सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार कार्कीले २५ हजार ११९ मत ल्याएका छन् ।
उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २४ हजार ८९१ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा २२८ मतले पछाडि छन् ।