Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँक्ने युवती को हुन् ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १३ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । मंगलबार बिहान सर्वोच्च अदालत अगाडि एउटा ट्याक्सी रोकियो । त्यो ट्याक्सीबाट सेतो पहिरन लगाएकी एक युवती ओर्लिइन् र रातो रंगको घोल राखिएको बट्टा सर्वोच्चको गेट अगाडि फ्याँकिन् । त्यसपछि ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याउन थालिन् । त्यसलगत्तै प्रहरीहरुले नियन्त्रणमा लिएर उनलाई भ्यानमा राखे ।

यसरी न्याय माग्ने युवती हुन् सिरहाकी बिनु यादव । श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै संघर्षरत उनले आज बिहान सर्वोच्च अदालत अगाडि रातो रंग फ्याँकेर विरोध जनाइन् ।

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेपछि उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’

विरोध जनाउन उनी सर्वोच्च अदालत आउन लागेको जानकारी पहिल्यै नै प्रहरी र सञ्चारकर्मीहरुले पाइसकेका थिए । त्यही भएर प्रहरीहरुको तैनाथी बढाइएको थियो । तर ती युवतीलाई रातो रंग फ्याँक्नबाट प्रहरीहरुले रोक्न सकेनन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखिसकेपछि सर्वोच्चको गेट अगाडि भेला भएका प्रहरीहरुले जारको पानी खन्याएर रातो रंग सफा गरेका थिए ।

बिनु यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । उनले केही महिना अगाडि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४