Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १२ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् । सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच झडप भएको थियो । झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका हुन् ।

महानगरपालिकाले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका थिए । बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका थिए । बिकल्प बिनानै बस्ती हटाउन खोजेको भन्दै स्थानीयले विरोधमा उत्रिएर टायर बालेर प्रदर्शनसहित गर्नुका साथै महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए ।

एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो । निर्वाचन सकिए लगत्तै समिति र महानगरको टोली अनधिकृत संरचना भत्काउँन बस्तीमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४