Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकतर्फ अहिलेसम्म एमाले अगाडि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १२ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ७ हजार भन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले २३ लाख ७७ हजार मत पाएको छ । त्यस्तै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार, चौथो स्थानको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ४३ हजार, जनता समाजवादी पार्टीले ३ लाख १४ हजार, जनमत पार्टीले २ लाख ५१ हजार तथा नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार मत कटाएका छन् ।

अहिलेसम्म एमाले, कांग्रेस, स्वतन्त्र पार्टी, माओवादी र राप्रपाले थ्रेसहोल्ड कटाएका छन् । जसपा थ्रेसहोल्ड निकट पुगेको छ भने बाँकी दलहरुले थ्रेसहोल्ड कटाउने सम्भावना कमजोर बन्दै गएको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेकाे छ ।

मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी रहेकाे छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेकाे छ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार भन्दा बढी मत ल्याउनुपर्ने छ ।

कांग्रेस एमालेसमानुपातिकतर्फ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४