Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखामा निर्वाचन व्यवस्थापन समितिको बैठक जारी, चुनावको मिति तोकिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १२ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाचन गराउने विषयमा छलफल गर्न जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका अधिकारीसहितको बैठक अहिले बसिरहेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जन प्रहारलाई भने, ‘कहिले निर्वाचन गराउने भनेर छलफल गर्न अहिले हामी बैठक बसिरहेका छौं ।

निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ । बैठकमा सुरक्षा अधिकारीहरुबाट प्राप्त सुझावको आधारमा निर्वाचनको मिति तय गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

‘१५ गते डेडलाइन छ हामीलाई, १४ वा १५ हाम्रो विकल्प हो,’ उनले भने, ‘त्यसमा सेक्युरिटीले जे भन्छ त्यही हुन्छ ।’ धाँधलीरहित निर्वाचन गराउन सुरक्षा व्यवस्थापन नै मुख्य कुरा हुने भन्दै उनले सुरक्षा अधिकारीहरुको सुझावको आधारमा निर्वाचनको मिति तोक्ने बताए ।

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर मंसिर १५ गतेभित्र पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४