Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा तीन वटै गठबन्धनका उमेद्वारहरु विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 2.8K
    SHARES

काठमाडौं  । रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उमेद्वारहरु विजयी हुनु भएको छ । नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनु भएको हो भने प्रदेश क मा तारानारायण श्रेष्ठ र ख मा युवराज चौलागाँई पनि विजयी हुनु भएको छ । रामेछाप जिल्लामा १ लाख ८० हजार १ सय ६ मतदाता रहेको भएपनि ८८ हजार ६ सय ८० मत मात्र खसेको थियो ।

खसेको सदर मत मध्ये पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९८ मत सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नु भएको थियो । एमालेका उम्मेद्वार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पछिपार्दै तामाङ निर्वाचित हुनु भएको हो ।

                   तीन वटै सिट गठबन्धनको पोल्टामा परेपछि हजारौको संख्यामा निस्किएको बिजय जुलुस


प्रतिनिधिसभातर्फको मत गणना सम्पन्न हुँदा ४ हजार ७ सय ८१ मत बदर भएको थियो । यस्तै प्रदेश क मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शान्ति पौडेल ले १५ हजार १ एक सय ५७ प्राप्त गर्नु भएको थियो । श्रेष्ठले पौडेललाई १ हजार ९ सय ९१ मतले पराजित गर्नु भएको हो ।

यस्तै प्रदेश (ख) मा गठबन्धन तर्फका उमेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गर्नु भएको छ । चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८हजार २ सय ६ मत प्राप्त गर्नु भएको थियो । चौलागाईंले घिसिङलाई ४ हजार ७ सय ७३ मतान्तरले पराजित गर्नु भएको हो ।

           बिजय जुलुस पछि देवकोटा चोकमा कोण सभाका लागि जम्मा भएका गठबन्धनका कार्यकर्ताहरु


विजय भएपछि बिभिन्न वाजा गाजा र तामाङ सेलो सहित निस्केको विजय रयालीले मन्थली वजारका बिभिन्न भागहरु परिक्रमा गरी देवकोटा चोकमा कोण सभा  गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४