Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिक मत गणनामा चलखेल हुनसक्ने ओलीको आशंका


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मत गणनामा चलखेल हुनसक्ने आशंका गर्नुभएको छ । केही पार्टीहरुको मत अस्वभाविक बढेको देखिएको भन्दै ओलीले मत गणनामा बसेका एमाले प्रतिनिधिहरुलाई चनाखो बन्न सचेत गराउनु भएको छ ।

सामाजिक सञ्जाल मार्फत उहाँले एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक नतिजा देखिन थालेका बताउनुभएको हो ।

गठबन्धनमा रहेको एउटा पार्टीको ३ प्रतिशत मत नकाट्ने भएकाले अरु पार्टीको मत जोड्ने खेल हुनसक्ने भन्दै ओलीले समानुपातिक मत गणनाको मुचुल्का आफ्नो मेसेञ्जरमा पठाउन भन्नुभएको छ ।

यसैबीच, ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । झापा क्षेत्र नं. ५ मा शनिबार आफूलाई निर्वाचित गर्ने मतदाताहरुको घरदैलो कार्यक्रमका क्रममा उहाँले सरकार गठन गर्नै मुस्किल र टिकाउन झन् मुस्किल हुने जिकीर गर्नुभयो ।

ओलीले मुलुकमा फेरि पनि अस्थिरता ब्याप्त रहने आशंका पनि ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४