काठमाडौं । रामेछापको प्रदेश सभा ख मा जारी मतगणना प्रक्रियामा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चोलागाई र नेकपा एमालेका उम्मेदवार मिलन घिसिङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्रदेश ख को खाँडादेवी गाउँपालिका र शैलुङ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा घिसिङले झिनो मतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार घिसिङले १२६५० मत प्राप्त गर्दा चौलागाईले १२६४५ मत प्राप्त गरेका छन् ।
घिसिङले ५ मतले अग्रता लिएका छन् । हाल मन्थली नगरपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ ।