Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलले नपत्याएका स्वतन्त्र सांसदहरु सरकार गठनमा अमूल्य बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 2.4K
    SHARES

काठमाडौं । देशभरबाट प्रतिनिधिसभामा हालसम्म् ५ जना स्वतन्त्र उम्मेदवारहरु विजयी भएर आएका छन् । उनीहरू दलले नपत्याएपछि स्वतन्त्रबाट लडेर पनि प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । अहिलेको अवस्थामा पाँच जना सांसद ठूला भनिएका नेपाली कांग्रेस र नेकपा एमालेका लागि बहुमुल्य हुन् । सरकार बनाउनदेखि बनेको सरकारलाई स्थिर राख्न पनि स्वतन्त्र सांसदका कुनैपनि मागलाई सम्बोधन गर्न हिचकिचाउने अवस्था कांग्रेस र एमालेसँग छैन् ।

मंसिर ४ को आम निर्वाचनले देशमा अस्थिर राजनीतिक संस्कारलाई बल पुर्याएको छ । यो निर्वाचनको नतिजाले एकल सरकार गठन गर्न सक्ने हैसियत कुनै दलको पनि देखिएको छैन् । एकल सरकार गठनको हैसियत राख्ने कांग्रेस र एमालेका लागि कुनै तेस्रो एउटा मात्रै दललाई साथमा लिएर सरकार बनाउने अवस्था पनि देखिएको छैन् । यस्तो अवस्थामा अहिले उदाएका नयाँ पार्टी र स्वतन्त्र सांसदहरुको माग दुवैतिर बढ्ने निश्चित छ ।

अहिले सत्ता गठबन्धनमा रहेका दलहरुबीचको समझदारी पछिसम्म कायम रहन्छ या रहँदैन । यो विषयमा पाँचदलीय गठबन्धनबीच छलफल भएको छैन् । तर, आगामी सरकार कस्तो र कसरी बनाउने भन्नेबारे दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले छलफल सुरु गरिसकेका छन् । ओलीलाई निर्वाचनमा गएको गठबन्धनभित्रबाट मात्रै सरकार बनाउन सहज नभएपछि उनी अहिले बाम समूहको सरकारको पक्षमा देखिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनमा रहेका दलहरुलाई थामथुम गर्दैछन् । तर, सरकार बनाउन मुख्य भूमिका खेल्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अहिलेसम्म मुख खुलेको छैन् । उनलाई सरकारका लागि ओलीले समेत निम्तो दिएका छन् । गठबन्धन कायम रहेमा यसभित्रका कोही पनि प्रधानमन्त्री बनेर सरकार गठन गर्न सक्ने अवस्था रहन्छ । यो अवस्थामा पनि अहिले आएका स्वतन्त्रहरुको साथ निकै महत्वपूर्ण हुने देखिएको छ ।

यसअघि मिलिजुली सरकार गठन गर्दा सांसद किन बेचका विषय पनि नआएका होइनन् । विगत भन्दा अहिलेको निर्वाचनले दिएको नतिजा झन खराव छ । यो स्थितिमा कांग्रेस या एमाले जसले सरकार बनाए पनि स्वतन्त्रहरुको माग पुरा गर्नेपर्ने अवस्था छ । उनीहरुले चाहेको मन्त्रालयसमेत छुटाउन नहुने अवस्थामा पुगेका छन् ठूला दलहरु । जहाँ सांसद खरिदबिक्री नहोलान भन्न सकिन्न ।

२०७४ को आम निर्वाचनमा नेकपा एमाले र माओवादी मिलेर चुनाव लड्दा उनीहरुको सरकार बनाउन स्पष्ट बहुमत आएको थियो ।तत्कालिन बाम गठबन्धनलाई सरकार बनाउन कुनै समस्या थिएन । त्यैपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइको सरकार देखाउन उपेन्द्र यादव नेतृत्वको पार्टीलाई पनि सरकारमा सामेल गराए । तर, २०७९ को आम निर्वाचनले एकल सरकारको स्वामित्व कसैलाई दिएको छैन् ।

ठूला दलका ठूलै नेताहरु पराजित भइरहँदा स्वतन्त्र उम्मेदवारी दिएर मोरङ–५ मा योगेन्द्र मण्डल, सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरण साह, रौतहट–३ मा प्रभु साह र बर्दिया–२ मा लालवीर चौधरी विजयी भएका छन् । उनीहरु प्रतिनिधिसभामा स्वतन्त्रहरुको एक समूह बनाउँदै छन् । पाँच सांसद रहेको यो समुह निर्णयकसमेत हुनसक्ने प्रवल सम्भावनाहरु देखिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पाँच जनाले जितेका छन् । प्रतिनिधिसभाका १ सय ६५ सीटका लागि ८ सय ६७ स्वतन्त्र उम्मेदवार थिए । प्रदेशसभामा भने हालसम्म ११ जना विजयी भएका छन् । प्रदेशतर्फ ३ सय ३० सीटमा १ हजार ९४ स्वतन्त्र उम्मेदवार थिए । यसकारण संघमा मात्र नभएर प्रदेशमा पनि स्वतन्त्रहरुको बोलकबोल बढ्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४