Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कसैले नहेरेको भन्दै राज्यप्रति द्वन्द्व पीडितको गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 1.8K
    SHARES

डडेल्धुरा । डडेल्धुराका द्वन्द्व पीडितले कसैले नहेरेको भन्दै राज्यप्रति गुनासो गरेका छन् ।

१० वर्षे सशस्त्र द्वन्द्वकालमा आफूहरुलाई कुटपिट गरिएको र घरमा आगो लगाइएको घटनालाई स्थानीय जनप्रतिनिधि र केन्द्रबाट कसैले पनि वास्ता नगरेको भन्दै परशुराम क्षेत्रका द्वन्द्व पीडितले आक्रोश प्रकट गरेका हुन् ।

जिल्लाको भित्रि मधेश एवं दुर्गम बस्ती महाकाली वारी परिगाउँ बहादुरे बस्ने ५५ वर्षका नन्दराज भट्टराईले राज्य पक्षबाट निर्घात रुपमा कुटपिट गरेर श्रीमान-श्रीमतिसहित ४ छोरा बिचल्लीमा परेकाे र आफ्नै खर्चबाट उपचार गरेकाे बताउनुहुन्छ । तर राज्य पक्षबाट कुनै राहत नपाएको उहाँले गुनासो गर्नुभएकाे छ ।

४ महिनाको छोरा आगोमा जलेको र उसको अनुहार र शरिर अहिले पनि द्वन्द्वको झझल्काे दिइरहेको स्थानीय जेष्ठ धर्मानन्द भट्टले गुनासाे गर्नुभयाे । संकटकालका पीडितलाई कसैले नहेरेकाे र यो सडक लगायतका भौतिक विकासबाट मात्र यहाँका जनता सन्तुष्ट नरहेको उहाँकाे भनाइ छ ।

ऐलानी जग्गामा बसेर गास बासको समस्या भोग्दै जीवन निर्वाह गरिरहनु भएका भट्टराई सामान्य चिया पसल गरेर परिवारलाई पाल्नुभएकाे छ । दैनिक जीवन गुजारिरहेको सबैले देखेकाे तर राहत दिने कामा कसैबाट नभएकाे भन्दै उहाँले गुनासाे गर्नुभयाे । चुनावका बेला मात्र घरदैलोमा आउने उम्मेदवारप्रति उहाँ आक्रोशित हुनुभएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४