Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा जुनार पाकेर पहेलपुर, मुख्य बजारमा जुनार पाइन थाले


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २७ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । सिन्धुलीमा यति बेला जुनार पाकेर पहेलपुर भएका छन् ।

जुनार खान योग्य भएपछि बिक्री वितरणका लागि बजारमा समेत ल्याइएकाे हाे । सिन्धुलीको वीपी राजमार्गको खनियाखर्क, खुर्कोट र सिन्धुली माडी बजार लगायतका मुख्य बजारहरुमा जुनार पाइन थालेका छन् । सिन्धुली सुन्तला र जुनार उत्पादनका लागि नेपालकै मुख्य जिल्ला मानिएको छ । यस वर्ष करिब १६ हजार मेट्रिक टनको हाराहारीमा जुनार उत्पादन भएको एक तथ्यांकले देखाएको छ ।

यस वर्ष करिब १९ हजार मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिए पनि विभिन्न प्राकृतिक प्रकोपका कारणले सोही अनुसारको उत्पादन हुन नसकेको हो । सिन्धुलीको जुनार बिक्री–वितरणबाट यसवर्ष करिब ७५ करोड रुपैयाँकाे आम्दानी हुने अनुमान गरिएकाे छ ।

सिन्धुलीमा यसपालीे गुणस्तरीय जुनारको मूल्य सरदर प्रतिकेजी ८० देखि १ सय रुपैयाँ भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनको एक तथ्यांकका अनुसार यस वर्ष सिन्धुलीका विभिन्न स्थानहरुमा कुल २ हजार ५ सय हेक्टर क्षेत्रफलमा जुनारखेती भएपनि ती मध्धे कुल १ हजार हेक्टर जमिनमा जुनारको गुणस्तरीय रुखहरुबाट फल उत्पादन भएको जनाइएको छ ।

सिन्धुलीमा जुनार खेती हुने विभिन्न खेती योग्य स्थानहरुमा जुनारको उत्पादकत्व प्रतिहेक्टर २० दशमलव २ मेट्रिकटन रहेको अनुमान गरिएको छ । जुनारखेती खासगरी समुन्द्री सतहबाट ७ सय ५० मिटरदेखि १ हजार ३ सय मिटर सम्मको उच्चाईको भू-भागमा राम्रोसँग हुने गर्दछ । प्रायः हरे कवर्ष असिना र पानीका कारण बोटबाटै फल झर्ने र बिग्रने गरेकाले जुनारको उत्पादन घटने गरेको छ ।

यहाँ उत्पादन भएका जुनारलाई नाश हुन नदिन मित्र राष्ट्र जापान सरकारको सहयोगमा सिन्धुली माडीमा कोल्ड स्टोरको निर्माण गरिए पनि सञ्चालन नभएकाले स्थानीय कृषकहरुले सुविधा लिन पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४